News Category 2072/07/15

आन्दोलनलाई सहयोग पु¥याउन बुद्धिजिवि समाज गठन

दैनिक समाचारदाता

राजविराज÷बौद्धिक समाज सप्तरीले जारि मधेश आन्दोलनलाई सहयोग पु¥याउने उद्देश्यले शनिबार सात सदस्यीय बुद्धिजिवि समाज गठन गरेको छ । 
सो समाजको संयोजकमा पूर्व प्राध्यापक अमरकान्त झा, सचिवमा वरिष्ठ पत्रकार अनिलकुमार अनल तथा सदस्यहरुमा संचारकर्मी जितेन्द्र खड्गा, हेमकुमार मिश्रा, सेवानिवृत शिक्षिका मिना ठाकुर, पूर्व प्राध्यपक भवेन्द्र यादव, सुगम्बर यादव रहनुभएको छ ।
यस अघि वरिष्ठ राजनीतिज्ञ खुशिलाल मण्डलको अध्यक्षतामा शुक्रबार राजविराजमा सम्पन्न बौद्धिक समाज सप्तरीको बैठकले जारि आन्दोलनलाई अझ सशक्त बनाउन जिल्लाका सम्पूर्ण बुद्धिजिवि, नागरिकलाई अपील गरेको छ । 
कार्यक्रममा वरिष्ठ राजनीतिज्ञ मण्डलले मुलुक अहिले आर्थिक संकटबाट गुज्रिरहँदा सरकार आफ्नो अहमका कारण मधेशी जनताको अधिकारको लडाईलाई नबुझेर आन्दोनलाई भारतीय नाकाबन्दीको नाम दिँदै भ्रम मात्र फैलाउन खोजेको आरोप लगाउनुभयो । 
उहाँले विगत अढाई महिना भन्दा बढी समयदेखी जारि मधेश आन्दोलनका कारण शिक्षा, व्यवसायी, खेती, स्वास्थ्य क्षेत्र पूर्ण रुपले ठप्प भएको बताउँदै यस्तो अवस्था अझ केही दिनसम्म रहने अवगत गराउनुभयो । 
उहाँले अधिकार प्राप्तिको लडाई अझ लम्बिन सक्ने संकेत देखा परेको भन्दै मधेशी जनतालाई यस अवस्थाबाट अलिकति पनि बिचल्लि नहुन आग्रह समेत गर्नुभयो । त्यस्तै कार्यक्रममा बुद्धिजिवि रामनरेश सिंहले आन्दोलनका कारण सम्पूर्ण वर्ग प्रभावित भइसकेकोले अब आन्दोलन कुनै नेताका लागि नभएर सम्पूर्ण आम मधेशी जनताको भावी सन्ततीका लागि भइरहको उल्लेख गर्नुभयो । उहाँले सरकार मधेशी जनताप्रति पूर्ण रुपले उदासिन रहेको भन्दै मधेश आन्दोलनका कारण मुलुकको सम्पूर्ण भागमा जनता त्राहिमाम भइरहेको जिकिर गर्नुभयो । उहाँले अधिकार प्राप्तिको लडाईलाई निरन्तरता राख्नमा जोड समेत दिनुभयो । 
त्यस्तै सेवानिवृत प्राध्यापक अमरकान्त झाले सरकारको मानसिकता मधेशीलाई अधिकार नदिने रहेको भन्दै सरकारले मधेश आन्दोलनलाई अन्तराष्ट्रियकरण गर्न खोजेको आरोप समेत लगाउनु भयो । उहाँले राष्ट्रिय मिडिया समेत सरकारकै पक्षमा रहेको भन्दै स्थानिय मिडियाहरुले आन्दोलनमा खेलेको भूमिकालाई प्रसंशा समेत गर्नुभयो । 
प्राध्यापक झाले आन्दोलनको सशक्त सस्त्र नाकाबन्दी नै रहेकोले यसलाई अझ सशक्त गर्नुपर्नेमा जोड दिनुभयो ।  

प्रतिकृया दिनुहोस

ताजा अपडेट