News Category 2072/08/07

प्रहरीको गोली लागि चारको मृत्यु “मोदीको सन्तान” भन्दै प्रहरीद्वारा कुटपिट तथा गोली प्रहार दिनभर कफर््युको उलंघन गर्दै प्रदर्शन

दैनिक समाचारदाता

दैनिक संवाददाता
राजविराज, ६ मंसिर । 
मधेशी मोर्चा सप्तरीले आन्दोलन थप सशक्त बनाउने उद्देश्यले “चलु राजमार्ग भरु राजमार्ग” का साथ शनिबारराति मधेशी मोर्चाका नेता कार्यकर्ताहरुले प्रदर्शन गर्दा प्रहरीको गोली लागि तीन जना प्रदशर्नकारीको मृत्यु भएको छ भने एकजनाको राजविराजस्थित आफ्नो घरमा बसिरहेको अवस्थामा प्रहरीको गोली लागि मृत्यु भएको छ । 
यसैबीच स्थानिय प्रशासनले आइतबार बिहान ६ बजेदेखी सप्तरीको भारदह र रुपनीमा अनिश्चितकालिन कर्फ्यु जारि गरेको छ भने सदरमुकाम राजविराजमा बिहान ७ बजेदेखी आदालत रोडमा कर्फयु जारि गरेको छ । 
सप्तरीको भारदहमा प्रहरीको गोली लागि जिल्लाको डाढा गाविस बलिया बथनाहा १ का १४ वर्षिय बिरेन्द्र राम र रुपनीमा जमुनी मधेपुरा ९ का २७ वर्षिय नागेश्वर यादवको घटनास्थलमै मृत्यु भएको हो । आइतबार राजविराजमा प्रदर्शन भइरहेको अवस्थामा प्रहरीले गोली चलाउँदा राजविराज १ स्थित आफ्नै घरमा बसिरहेको अवस्थामा दिलिप साहको सो गोली टाउकोमा लागेर मृत्यु भएको छ । सो क्रममा उनका ५ वर्षिय छोरी मुस्कान साह समेत घाइते भएकी छिन् । उनको दुबै हातमा गोली लागेको छ । यता रुपनीमा आन्दोलनबाट सहभागि भई घर फर्कदै गर्दा जमुनी मधेपुराकै १३ वर्षिय शिवशंकर दास बाटोमा मृत अवस्थामा फेला परेका हुन् ।
  यता रुपनी र भारदहमा एको झडपका क्रममा प्रहरीको गोली लागि २४ जना घाइते भएका छन् । जसमध्ये तीन जनाको अवस्था गम्भिर भएका छन् । गम्भिर भएकाहरुमा भुवनेश्वर मण्डल कोचाबखारी ९, रामचन्द्र यादव छिन्नमस्ता ५ र शत्रुधन राय इटहरी विषणपुर रहेका छन् । उनीहरुलाई थप उपचारका लागि धरान पठाइएको छ भने बाँकीको राजविराजस्थित गजेन्द्र नारायण सिंह सगरमाथा अंचल अस्पतालमा उपचार भइरहेको छ । घाइते अधिकांशको पेट र छातीमा गोली लागेको छ । 
यता घाइते हुनेहरुमा रामेश्वर सुनरैत मधेपुरा ३, महेन्द्र मुखिया फकिरा ४, रामनाथ यादव राजविराज ७, राजकुमार यादव नर्घो २, बिसुनदेव राम रंजितपुर ९, रामगमन साह मलेठ ४, प्रमोद मण्डल को.मधेपुरा ५, उमेश साह राजविराज ३, जागेश्वर यादव कविलासा ७, श्याम कुमार मण्डल कुपही ९, लाल झा मधवापुर ४, कपलेश्वर प्रसाद साह राजविराज १, अगहनु सदा सिमराहा सिंगियौन ९, अमरेन्द्र झा जमुनी मधेपुरा २, धर्मनारायण यादव झुटकी २, दिनेश यादव राजविराज ९, दिनेश यादव रायपुर ९, जयकृष्ण यादव ललापट्टी १, कपलेश्वर प्रसाद साह राजविराज १, ज्ञानदेव यादव बसबिट्टी ९, भोगिलाल यादव मलेठ ४ रहेका छन् । 
प्रहरीले भारदह क्षेत्रमा अन्धाधुन सयौं राउण्ड गोली चलाएको मोर्चाले आरोप लगाएको छ भने सयौं राउण्ड अश्रृग्यास समेत प्रहार गरेको थियो । 
यस्तै रुपनीमा प्रहरीले “मोदीको सन्तान” भन्दै प्रदर्शनकारीहरुलाई कुटपिट गरेको संघीय समाजवादी फोरम नेपालका क्षेत्रिय अध्यक्ष नवनित झाले जानकारी दिनुभयो । उहाँले प्रहरीले दर्जनौं राउण्ड गोली र अश्रृग्यास चलाएको बताउँदै गोली प्रहार गरेपछि घाइतेहरुलाई प्रहरीले बुट र बन्दुकको कुण्डाले कुटपिट गरेको बताउनुभयो ।  
यसैक्रममा आइतबार बिहानैदेखी आन्दोलनकारीहरुले सप्तरीमा प्रदर्शन गरिरहेका छन् । साउन ३० गतेदेखी मधेशमा अनिश्चितकालिन बन्द रहेको छ भने आइतबार मधेश बन्दको एक सय दिन पुरा भएको छ । 
यता स्थानीय प्रशासनले कफर््यू जारी गरे पनि त्यसलाई उल्लंघन गर्दै राजमार्गमा आन्दोलनकारीहरुले प्रदर्शन जारी राखेका छन् । शनिवारवारैदेखि प्रहरीले राजमार्ग सुचारु गराउने प्रयास जारी राखे पनि प्रहरी विफल भएको छ ।
यता सप्तरीमा आन्दोलनकारी र सुरक्षाकर्मीबीच झडप भएर दुई जनाको ज्यान गएपछि पूर्वपश्चिम राजमार्ग अवरुद्ध भएको छ । पूर्वबाट काठमाडौंका लागि छुटेका तथा काठमाडौंबाट पूर्वका लागि छुटेका सयौं सवारी बीच बाटोमै रोकिएका छन् । 
पूर्वका लागि छुटेका सवारी महोत्तरीको रातुखोलादेखि सर्लाहीको बाँके नदीसम्मलाईन लागेका छन् । राति स्कटिङमा ल्याउने तयारी गरेर ल्याइएका इलाम, झापा तथा मोरङका रात्रि वस इटहरीमा रोकिएका छन् । यता सप्तरीको भारदहबाट पनि स्कटिङ गरेर लैजाने सवारी बीचमै रोकिएका छन् ।
यसैबिच मधेसी मोर्चाका कार्यकर्ता र प्रहरीबीच विभिन्न ठाउँमा भएको झडपले सप्तरी अवस्था अझै तनावग्रस्त रहेको छ । पूर्व–पश्चिम राजमार्ग अन्तर्गत सप्तरीको भारदह र रुपनीमा गएराति प्रहरीको गोली लागेर दुई आन्दोलनकारीको मृत्यु भएपछि आक्रोशित बनेका मोर्चाका कार्यकर्ताहरुले कर्फ्यू उल्लंघन गर्दै प्रदर्शनमा उत्रिएका छन् ।
त्यस्तै सप्तरीको सदरमुकाम राजविराजसहित जिल्लाको भारदह, रुपनी, कंचनपुर, बरमझिया, बिसनपुर, कदमाहा लगायतका स्थानमा विहानैदेखि प्रहरी र प्रदर्शनकारीबीच झडप जारी रहेको छ ।

प्रतिकृया दिनुहोस

ताजा अपडेट