News Category 2072/08/08

आन्दोलनकारीद्वारा प्रहरीको मोटरसाइकलमा आगजनी प्रहरीको संरक्षणमा यात्रुद्वारा भारदहमा घरघरमा पसेर कुटपिट राजविराजमा पनि प्रहरीले घरघरमा पसेर सर्वसाधारणलाई कुटे

दैनिक समाचारदाता

दैनिक संवाददाता
राजविराज, ७ मंसिर । 
संयुक्त लोकतान्त्रिक मधेशी मोर्चाले आह्वान गरेको शान्तिपूर्ण राजमार्ग अवरुद्ध आन्दोलनका क्रममा शनिबार राती दुई तथा आइतबार बिहान दुई जना गरि चारजनाको मृत्यु भए पश्चात् सप्तरीमा आन्दोलन झनै चर्किएको छ । 
स्थानिय प्रशासनले आइतबार बिहानदेखी सप्तरीको भारदह, रुपनी र राजविराजमा लगाएको अनिश्चितकालिन कर्फ्युको अवज्ञा गर्दै आन्दोलनकारीहरुले सोमबार बिहान सप्तरीको भारदहमा प्रहरीले चलाएको मोटरसाइकल खासेर जलाइदिएका छन् । 
को. ३ प. ३१३६ नम्बरको मोटरसाइकललाई सोमबार बिहान भारदहमा आन्दोलनकारीहरुले जलाउनुका साथै सो प्रहरीलाई केही घण्टा नियन्त्रणमा लिएपश्चात् छोडेका छन् । 
यस्तै भारदहमै सोमबार बिहान स्कटिङमा आएको बसहरुबाट यात्रुहरु ओर्लेर प्रहरीको संरक्षणमै भारदह २ का सत्यनारायण मण्डल, भारदह १ का सुरेश कुमार राउत, कुन्दन कापैर, शिवकुमार राउत, कारि विश्वास, पवन कुमार मण्डल लगायत होटलहरुमा तोडफोड गर्नुका साथै उनीहरुलाई कुटपिट गरेको पीडितहरुले आरोप लगाएका छन् । सोही क्रममा यात्रुहरुले केही घरमा आगजनी समेत गरेका छन् । 
यता प्रहरीले राती स्कटिङ गरेर लगेको यातायातका साधनहरु सप्तरीको बरमझियामा रोकिएको छ । मोर्चाको राजमार्ग अवरुद्ध आन्दोलनका कारण ती सवारीसाधनहरु रोकिएका हुन् । करिब ४ सय जना यात्रुहरु अलपत्र समेत परेका छन् । 
यसैगरि पूर्वपश्चिम राजमार्ग अन्तरगत सप्तरीको बिरेन्द्र बजारमा प्रहरीले गएराती राजमार्ग अवरोध गरिरहेको बेला लाठी चार्ज गरि स्थानीय चक्र बहादुर थापा, रामसपाका यूवा नेता कैलाश लौगीलाई निर्घात कुटपिट गरेको छ । उनीहरुको स्थानीय क्लिनकमा उपचार भइरहेको छ ।  
यता प्रहरीले सोमबार बिहान राजविराजस्थित जनआन्दोलन चौकदेखी अस्पताल चौकसम्म कफर््यु आदेश जारि गरेको छ । उक्त कर्फ्युको उलंघन गर्दै मोर्चा कार्यकर्ताहरुले  बिहानैदेखी प्रदर्शन गरिरहेका छन् । सो क्रममा स्थानिय जनआन्दोलन चौकदेखी गजेन्द्र चौकसम्म प्रदर्शनकारी र प्रहरीबीच पटक पटक झडप समेत भएको छ । 
प्रहरीले १४ राउण्ड अश्रृ ग्यास समेत प्रहार गरेको छ भने प्रदर्शनकारीहरुले ढुङ्गामुढा समेत गरिरहेका छन् । यसैक्रममा गजेन्द्र चौकस्थित एक स्थानियको घरमा प्रहरी पसेर इटहरी निवासी पाहुना आएका नरेन्द्र दुगडलाई मरनासान कुटपिट गरेको छ । उनको स्थानिय अस्पतालमा उपचार भइरहेको छ । 
त्यसैगरी प्रहरीको कुटाईबाट राजविराज नगरपालिका १ का १८ वर्षिय सोनु भनिने गौरब साह, राजविराज नगरपालिका ६ खर्साल टोलका २५ वर्षिय मनोज यादव र राजविराज नगरपालिका ६ कै नारायण यादव गम्भिर घाईते भएको छ । प्रहरीे उनीहरुलाई लखेटेर मरनासन तरीकाबाट कुटपिट गरेको छ ।
यस्तै राजविराज ६ खर्साल टोलका नारायण यादवलाई प्रहरीले राजविराज १ स्थित एक जनाको घरबाट जर्वजस्ती घरबाट निकालेर निर्घात कुटपिट गरेका छन् । कुटपिटबाट यादवको टाउकोमा गम्भिर चोट लागेको तथा उनलाई तत्काल संचारकर्मीहरु शुभ नारायण यादव र भुपेन्द्र मण्डल मिलेर उपचारको लागि गजेन्द्र नारायण सिंह सगरमाथा अंचल अस्पताल राजविराज पठाइएको र उनको अवस्था चिन्ताजनक रहेको अस्पतालले जनाएको छ । 
त्यस्तै राजविराजस्थित कुनौली मोडमा प्रहरीले ईटहरी विष्णुपुर गाविस ९ रंजितपुरका बिरेन्द्र रामलाई समेत निर्घात कुटपिट गरेको छ । प्रहरीको कुटाईबाट रामको टाउकोमा गम्भिर चोट लागेको तथा उनको हाल राजविराजस्थित गजेन्द्र नारायण सिंह सगरमाथा अंचल अस्पतालमा उपचार भईरहेको छ ।
यस्तै राजविराजस्थित अदालत रोडमा सप्तरीको कविलासा गाविसका श्रीकान्त साहलाई प्रहरीले निर्घात कुटपिट गरेको छ । प्रहरीको कुटाईबाट गम्भिर घाईते साह र मनोज यादवलाई तत्काल राजविराजस्थित गजेन्द्र नारायण सिंह सगरमाथा अंचल अस्पतालमा उपचार हुन नसकेपछि थय उपचारको लागि धरान स्थित विपि कोईराला स्वास्थ्य विज्ञान प्रतिष्ठान पठाईएको छ ।
यता राजविराज नगरको विभिन्न स्थानमा स्थानीय प्रहरी सर्वसाधारणको घर घरमा पसेर कुटपिट गर्ने कार्य गरेका छन । नगरको केही स्थानमा सर्वसाधारणको घरको ढोका समेत तोडफोड गरेको स्थानीयहरुले बताएका छन । 
त्यस्तै आन्दोलनकारीहरुले राजविराजस्थित राष्ट्रिय वाणिज्य बैंक र बैंकको एटिमए कक्षमासमेत तोडफोड गरेको छ । तोडफोडबाट बैंकको एटिएम अगाडीको केही सिसा फुटेको बैंकका कर्मचारीहरुले बताएका छन ।
यता मोर्चाले नगरको विभिन्न स्थानमा टायर बाली प्रदर्शन गरिहरेका छन् । यसैगरी सप्तरीको छिन्नमस्ता गाविसस्थित सखडामा समेत आन्दोलनकारीहरु बिहानैदेखि प्रदर्शन गरिरहेका छन । 
स्थानीयबासी तथा प्रदर्शनकारीहरुले ईलाका प्रहरी कार्यालय सखडामा रहेका प्रहरी प्रशासन अविलम्ब खाली गर्नुपर्ने माग गर्दै प्रहरी कार्यालय अगाडी बिहानैदेखि प्रदर्शन गरेको राष्ट्रिय मधेश समाजवादी पार्टी निकट समाजवादी विद्यार्थीका केन्द्रिय सदस्य विद्यानन्द चौधरीले जानकारी दिनुभयो । 
यसैबिच पुर्व पश्चिम राजमार्ग अन्तर्गत सप्तरीको रुपनीमा समेत कर्फयु उल्लघंन गर्दै आन्दोलनकारीहरुे बिहानैदेखि प्रदर्शन जारी राखेका छन । सोही क्रममा सोमबार साँझ आन्दोलनकारीहरुले बृहत बिरोध जुलुस रुपनी बजारमा प्रदर्शन गरेको छ । सयौको सहभागितामा निकालिएको बृहत बिरोध जुलुस पश्चात् बिरोध सभामा परिणत भएको राष्ट्रिय मधेश समाजवादी पार्टी निकट युवा लिगका केन्द्रिय उपाध्यक्ष मुकेश कर्णले जानकारी दिनुभयो । 
यता आन्दोलनकारीहरुले राजमार्ग केन्द्रित आन्दोलनको सोमबार तेश्रो दिन पनि रुपनी बजार पुर्ण रुपमा बन्द गराएका छन । स्थानीय प्रहरी प्रशासनलाई रासन तथा नुनसम्म पनि नदिने निर्णय गरेको जनाएको छ ।  
यसैबिच राजविराजस्थित होटेल स्टार नजिक श्री कृष्ण दलका सादा पोशाकका सिपाही बालकृष्ण गुप्तालाई आन्दोलनकारीहरुले कुटपिट गरेको छ ।
यस्तै सप्तरीको बिषहरिया गाविस १ दमावती टोलका सुधिर कुमार यादवको स.२ प २५८६ नम्बरको मोटरसाईकल प्रहरीले तोडफोड गरेको छ । राजविराजस्थित गजेन्द्र नारायण सिंह सगरमाथा अंचल अस्पतालमा राखिएको मोटरसाईकलमा प्रहरीले तोडफोड गरेको बताएका छन ।

प्रतिकृया दिनुहोस

ताजा अपडेट