News Category 2072/08/10

सेनाका सीपाईहरुले अपाङलाई मरनासन कुटे

दैनिक समाचारदाता

दैनिक संवाददाता
राजविराज, ९ मंसिर । 
नेपाली सेनाका सीपाइहरुको कुटाईबाट सप्तरीको रायपुरका एक अपाङ्गसहित चार जना घाईते भएका छन् । 
राजविराज रुपनी सडक खण्डबाट चिनी र पेट्रोल लिएर जादै गरेको श्री कृष्ण दल गण राजविराजको भ्यानले अपाङ्गलाई ठक्कर दिँदा उत्पन्न विवादपछि नेपाली सेना राजविराजबाट अर्को टोलीले त्यहा रहेका अन्यहरुलाई कुटपिट गरेको मधेशी मोर्चा निकट सदभावना पार्टीका केन्द्रिय सदस्य दिनेश कुमार यादवले जानकारी दिनुभयो । 
सेनाको कुटाईबाट रायपुर गाविस १ का असर्पिm मंडल, पिन्टू यादव, योगेन्द्र यादव र जितेन्द्र यादवलाई निर्घात कुटपिट गरेको हो । 
सेनाको कुटाईबाट अपाङ्ग मण्डलको टाउकोका साथै शरिरको विभिन्न भागमा गम्भीर घाइते भई उनको हाल राजविराजस्थित गजेन्द्र नारायण सिंह सगरमाथा अंचल अस्पतालमा उपचार भईरहेको छ ।
साथै समान्य घाईतेहरुको रुपनी स्थित स्वास्थ्य केन्द्रमा उपचार भईरहेको स्थानीयबासीहरुले बताएका छन । यसैबिच सर्वसाधारणलाई नेपाली सेनाले गरेको निर्घात कुटपिट घटनाको घोर भत्सर्ना गरेको छ ।

प्रतिकृया दिनुहोस

ताजा अपडेट