News Category 2072/08/14

महुली पुलमुनी फेला प¥यो सिलिण्डर बम

दैनिक समाचारदाता

दैनिक संवाददाता
राजविराज, १३ मंसिर । 
पूर्व पश्चिम राजमार्ग अन्तर्गत सप्तरीको पोर्ताहा गाविस ८ स्थित महुली पुल मूनी आइतबार बिहान सिलिण्डर बम फेला परेको छ । 
पुललाई क्षति पु¥याएर सवारीसाधनमा क्षति पु¥याउने उद्देश्यले सिलिण्डर बम राखिएको अवस्थामा फेला परेको प्रहरीले जनाएको छ । 
दुई वटा ग्यास सिलिण्डर राखेर सिलिण्डरको माथि सुतली बम तथा डोरीमा पेट्रोल हालेर राखिएको अवस्थामा फेला परेको इलाका प्रहरी कार्यालय भारदहका इन्चार्ज सई सुरेन्द्र खेरबारले जानकारी दिनुभयो । 
यता सिलिण्डर बम कसले राखेको हो भन्ने कुरा खुल्न नसकेको प्रहरीले जनाएको छ । 
बम फेला परेपछि प्रहरीले अहिले त्यहाँ सुरक्षा दिइरहेका छन् । बमलाई राजविराजस्थित नेपाली सेनाको कृष्ण दल गणको टोलीले निस्कृय पारेको हो । 

प्रतिकृया दिनुहोस

ताजा अपडेट