News Category 2070/02/27

पूर्व राजा ज्ञानेन्द्र शाहको स्वागतका लागि बनाइएको गेटहरु तोडियो

दैनिक समाचारदाता

दैनिक संवाददाता
राजविराज, २६ जेठ ।
पूर्व राजा ज्ञानेन्द्र शाहको स्वागतका लागि बनाइएको गेटहरु बिभिन्न विद्यार्थी संगठनका नेता÷कार्यकर्ताहरु मिलेर तोड्फोड गर्दै आगजनी गरेका छन् ।
बिभिन्न दल निकट विद्यार्थी संगठनहरुले राजविराजको बिभिन्न ठाउँमा बनाइएको स्वागत द्वार भत्काइदिएका छन् । सोमबार पूर्व राजा शाह सप्तरी आउने तय भएको छ ।
आयोजकले राजविराजको बिभिन्न ठाउँमा बनाएको गेट आइतबार साँझ विद्यार्थी संगठनहरुले तोड्फोड गरेका छन् । गजेन्द्र चोक, जनआन्दोलन चोक, रुपनी मोडसहित नगरको प्रत्येक ठाउँमा लगाइएको स्वागत द्वार विद्यार्थी संगठनले तोड्फोड गर्दै आगो लगाएका हुन् ।
पूर्व राजालाई सप्तरी बोलाउने आयोजकले नगरको हरेक ठाउँमा गेट बनाएका थिए ।
काँग्रेस, एमाले, मधेसी जनअधिकार फोरम नेपालसहितका विद्यार्थी संगठनका नेता÷कार्यकर्ताहरुले गेट भत्काएका हुन् । तोड्फोड्मा संलग्न रहेका नेवि संघका पार्थाे सरकार र विद्यार्थी फोरमका केदार यादवलाई प्रहरीले नियन्त्रणमा लिएका हुन् ।

प्रतिकृया दिनुहोस

ताजा अपडेट