News Category 2072/08/15

आन्दोलनका क्रममा प्रहरीको गोली लागेका साफीको अवस्था चिन्ताजनक

दैनिक समाचारदाता


दैनिक संवाददाता
राजविराज, १४ मंसिर । 
मंसिर ५ गते आईतबार जारि मधेश आन्दोलनका क्रममा प्रहरीको गोलीबाट गम्भिर घाईते सप्तरीको २ न. योगिनिया निवासी श्रवण साफीको अवस्था चिन्ताजनक रहेको छ । 
पुर्व पश्चिम राजमार्ग अन्तर्गत सप्तरीको भारदहमा मंसिर ५ गते राति राजमार्ग केन्द्रित आन्दोलनमा प्रहरीले चलाएको गोली साफीको पेटमा लागेको थियो ।
पेटमा गाली लागि चिन्ताजनक अवस्थामा उनको धरानस्थित विपी कोईराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा उपचार भईरहेको छ । 
घरको आर्थिक अवस्था समेत कमजोर रहेको साफी प्रहरीले चलाएको गोलीकै कारण ज्यान त जोगियो तर अहिले जिवन मरणको दोधारमा रहेका छन् । 
यसैबिच प्रहरीको गोलीबाट गम्भिर घाईते साफीलाई भेट्न संघिय समाजवादी फोरम नेपालका केन्द्रिय सदस्य शैलेन्द्र प्रसाद साह, फोरम नेपालका जिल्ला अध्यक्ष दिनेश कुमार यादव सहितका नेता तथा कार्यकर्ताहरु धरान पुगेका छन् । 

प्रतिकृया दिनुहोस

ताजा अपडेट