News Category 2072/08/16

चिकित्सक तथा स्वास्थ्यकर्मीहरुको आन्दोलमा फोरम अध्यक्ष यादवको एक्यबद्धता “शासक वर्गको नश्लबादी चरित्र प्रदर्शन”

दैनिक समाचारदाता

दैनिक संवाददाता 
राजविराज, १५ मंसिर ।
संघिय समाजवादी फोरम नेपालका अध्यक्ष उपेन्द्र यादवले प्रहरी दमनको बिरुद्व आन्दोलनमा उत्रेका सप्तरीका चिकित्सक तथा स्वास्थ्यकर्मीहरुको आन्दोलप्रति एक्यबद्धता जनाउनु भएको छ । 
विगत १० दिनदेखि आन्दोलनरत स्वास्थ्यकर्मीहरुले मंगलबार आयोजना गरेको अन्तरकृया कार्यक्रमस्थलमा सहभागि भएर अध्यक्ष यादवे सो एक्यबद्धता जनाउनु भएको हो । 
अस्पतालभित्रै पसेर कुटपिट गरिएको कार्यप्रति घोर भत्र्सना गर्दै यादवले यो अपराध नभएर महाअपराध भएको जिकिर गर्नुभयो । अनैतिकताको राज्य नेपालमा अस्पतालभित्रै पसेर चिकित्सकलाई कुटपिट गरिने कार्यको जति भत्र्सना गरिए पनि कमै हुने उल्लेख गर्नुभयो । 
उहाँले कुटपिट गर्नेलाई कार्वाही नभएसम्म आन्दोलन जारी राख्न आग्रह गर्नुहुँदै मधेशी मोर्चाले पनि यसका लागि दवाव सृजना गर्ने बताउनुभयो ।
उहाँले मधेशका जिल्लामा दमन मात्रै नभई सरकारले नरसंहार नै गरेको आरोप लगाउँदै सरकारले आफ्नो व्यबहार नसुधारे मुलुकको अवस्था भयावह बन्ने चेतावनी समेत दिनुभयो । सरकारले मधेशीलाई अझै अर्काे दृष्टिकोणले हेर्नु र मधेशबिरोधी कुराहरुलाई राष्ट्रवादीको संज्ञा दिनुले भयावह स्थिति उत्पन्न गराउने उहाँको भनाई थियो ।
शाषकवर्गले मधेशी जनतालाई सिधै गोली ठोकेर नश्लबादी चरित्र प्रदर्शन गरिरहेको बताउँदै उहाँले एकातिर आन्दोलनकारीलाई पानीको फोहरा र अर्काेतर्फ गोली प्रहार गर्नु एकै देशका जनतासँग दुई किसिमको व्यबहार समेत गर्नुले सरकारको व्यवहार उदाङ्गो भएको भन्नुभयो ।
यता सप्तरीका सम्पूर्ण निजि तथा सरकारी अस्पताल, क्लिनिक, स्वास्थ्य चौकीहरु विगत १० दिनदेखी बन्द रहेको छ । 
सोही विषयमा मंगलबार संघर्ष समितिद्वारा आयोजित अन्तरक्रिया कार्यक्रममा वक्ताहरुले प्रहरीको दमन र चिकित्सकहरुमाथी गरिएको कुटपिट घटनाको भतर्सना गर्दै आन्दोलनलाई निरन्तरता दिन सुझाव दिएका छन् । 
अन्तरक्रिया कार्यक्रममा एमाले सप्तरीका अध्यक्ष गोबिन्द न्यौपानेले स्वास्थ्य क्षेत्रमा प्रहरीले गरेको कुटपिट घटना बारे केन्द्रिय कार्यालयमा जानकारी दिईसकेको बताउँदै सो सम्बन्धमा आवश्यक कदम चाली सम्बन्धित पक्षसँग अस्पताललाई पुनः सूचारु गर्न आफू प्रतिबद्ध रहेको बताउनुभयो ।  
यस्तै बौद्धिक समाजका संयोजक प्रा. अमरकान्त झाले प्रहरीले स्वास्थ्य क्षेत्रमा बल प्रयोग गर्नु मानवता बिरुद्धको काम भएको भन्दै आन्दोलनलाई निरन्रता राख्न जोड दिनुभयो । 
यसैगरि एमाओवादीका असर्फी सदा, मोर्चाका नगर संयोजक उमेश साह, सद्भाना पार्टीका केन्द्रिय सदस्य दिपेन्द्र चौधरी, तमलोपाका केन्द्रिय सदस्य जयप्रकाश ठाकुर, नागरिक समाजका थानसिंह भनसारी, नागरिक संजालका सुखराम यादव लगायतका वक्ताहरुले जनताले प्रत्यक्ष रुपमा पाउने सेवास्थलमा प्रहरीले गरेको दमनको भत्र्सना गर्दै स्वास्थयकर्मीहरुको आन्दोलनप्रति एक्यबद्धता जनाउनुभयो ।   
वक्ताहरुले स्वास्थ्य क्षेत्रलाई धेरै दिनसम्म बन्द राख्नु हुदैन भन्दै यसलाई सूचारु गर्न प्रहरी प्रशासनले आवश्यक कदम चाल्नु पर्नेमा जोड दिएका छन् । 
गत मंसिर ६ गते राजविराजस्थित गजेन्द्र नारायण सिंह सगरमाथा अंचलका चिकित्सक तथा कर्मचारीहरुलाई प्रहरीले अस्पताल हातिभित्रै गालि गलौज गर्दै कुटपिट गरेको बिरोधमा मंसिर ७ गतेदेखी जिल्लाका सम्पूर्ण चिकित्सक एवं स्वास्थ्यकर्मीहरु आन्दोलित भएका छन् ।
प्रहरीले अस्पतालभित्र चिकित्सक, स्वास्थ्यकर्मीहरु तथा कर्मचारीहरु माथी गरेको कुटपीट तथा देखाएको अमानविय व्यवहारप्रति सप्तरीका सम्पूर्ण टे«ड युनियन पदाधिकारीहरु आन्दोलित भएका हुन् ।
नेपाल प्रहरी र सशस्त्र प्रहरीका एसपी, डिएसपीको निलम्बन, सुरक्षाको ग्यारेन्टी र घाइतेहरुको उपचार तथा क्षतिपूर्तीको व्यवस्था हुनुपर्ने माग उनीहरुले राखेका छन् । 
संयुक्त संघर्ष समितिको आयोजनामा ९ दिनदेखी जिल्लाका सम्पूर्ण चिकित्सक र स्वास्थ्यकर्मीहरु अस्पतालको प्राङणमा धर्नामा बसेका छन् । प्रहरी दमनको बिरोधमा अस्पतालसहित जिल्लाका सम्पूर्ण स्वास्थ्य संस्था र कार्यालयहरुको सेवा पूर्ण रुपमा ठप्प रहेको छ । 
मानवको स्वास्थ्य अवस्थालाई ध्यानमा राखेर अस्पताल प्रशासनले आकस्मिक सेवा टेन्ट लगाएर सञ्चालन गरेको छ भने आकस्मिक प्रसुती सेवा समेत संचालन गरेको अस्पतालका निमित्त मेसु डा. दिपा यादवले जानकारी दिनुभयो ।
मंसिर ५ गते राती प्रहरीको गोली लागि दुई जनाको मृत्यु भएपछि मंसिर ६ गते आन्दोलनरत मधेशी मोर्चाका कार्यकर्ताहरुले अस्पताल भित्रै रहेको प्रहरी भ्यान जलाएपछि प्रहरीले अस्पताल प्राङ्गण भित्र छिरेर चिकित्सक एवं कर्मचारीहरुलाई कुटपिट गरेको थियो ।

प्रतिकृया दिनुहोस

ताजा अपडेट