News Category 2072/08/17

मोर्चाको ढल्केवरमा बिरोध सभा राज्यसत्ताले सधैं ठग्दै आएकोमा यसपटक नठगिने ः अध्यक्ष महतो

दैनिक समाचारदाता

दैनिक संवाददाता
धनुषा, १६ मंसिर । 
संयुक्त लोकतान्त्रिक मधेसी मोर्चाले बुधबार धनुषाको ढल्केवरमा बिरोधसभाको आयोजना गरेको छ । सभालाई मोर्चामा आवद्ध चारै दलका शीर्ष नेताहरु सम्बोधन गरेका छन् । 
राजमार्ग केन्द्रित आन्दोलनलाई थप सशक्त बनाउने उद्देश्यले मोर्चाले पूर्व पश्चिम राजमार्ग अन्तरगत धनुषाको ढल्केबरमा सभाको आयोजना गरेको हो । सो सभामा उल्लेख्यीय जनसहभागिता रहेको थियो । 
सभामा बोल्दै सदभाना अध्यक्ष राजेन्द्र महतोले राज्यसत्ताले सधैं आफूहरुलाई ठग्दै आएकोमा यसपटक नठगिने बताउनुभयो । 
उहाँले उधारोमा होइन नगदमा मात्रै यसपटक व्यवहार हुने बताउनुभयो । आफूहरुको मुद्दाको सुनुवाई नभएपछि बाध्य भएर नाकावन्दी जस्तो आन्दोलनमा उत्रिनु परेको भन्दै उनले काठमाडौंको मिडियाले पनि मधेसको मुद्दालाई नबुझेको र नउठाएको गुनासो समेत गर्नुभयो । 
सभामा बोल्दै तराई मधेस सदभावना पार्टीका अध्यक्ष महेन्द्रराय यादवले अधिकार प्राप्तीका लागि आन्दोलन सशक्त बनाउनुको विकल्प नरहेको बताउनुभयो । सभालाई तराई मधेस लोकतान्त्रिक पार्टीका अध्यक्ष महन्थ ठाकुर र संघीय समाजवादी फोरम नेपालका अध्यक्ष उपेन्द्र यादवले पनि सम्बोधन गर्नुभयो । 

प्रतिकृया दिनुहोस

ताजा अपडेट