News Category 2072/09/04

मोर्चाद्वारा राजविराजमा प्रदर्शन

दैनिक समाचारदाता

दैनिक संवाददाता
राजविराज, ३ पुस । 
मधेशी मोर्चा सप्तरीले शुक्रबार बिहान राजविराजमा बिरोध जुलुस प्रदर्शन गरेको छ । 
विगत चार महिना भन्दा बढी दिनदेखि मधेशमा आन्दोलन भईरहदा पनि वर्तमान सरकारले कुनै ध्यान नदिएको भन्दै मोर्चाका नेता तथा कार्यकर्ताहरुले राजविराजमा प्रदर्शन गरेको हो । 
मोर्चाका जिल्ला संयोजक कपिलदेव यादवको नेतृत्वमा मोर्चाका नेता तथा कार्यकर्ताहरुले गजेन्द्र चौकबाट गरिएको प्रदर्शन नगरको विभिन्न भागको परिक्रमा पश्चात पुन गजेन्द्र चौकमा पुगेर समापन्न गरिएको थियो । 
यसअघि मोर्चाका नेता तथा कार्यकर्ताहरुले बिहानैदेखि सदरमुकाम राजविराजको विभिन्न स्थानमा टायर बालेर प्रदर्शन गरेका थिए ।

प्रतिकृया दिनुहोस

ताजा अपडेट