News Category 2072/09/09

यातायात व्यवसायी भन्छन्, “कसैलाई काखा कसैलाई पाखा किन ?” ब्याज, कर तथा जरिवाना मिनहाका लागि मोर्चालाई अनुरोध

दैनिक समाचारदाता

दैनिक संवाददाता
राजविराज, ८ पुस । 
सप्तरीका यातायात व्यवसायीहरुले मधेशी मोर्चा सप्तरीलाई सम्बोधन गरि सार्वजनिक गरेको विज्ञप्ति मार्फत मधेश आन्दोलनका अवधिभरीको लाग्ने ब्याज, कर तथा जरिवाना मिन्हाको लागि अनुरोध गरेको छ । 
सगरमाथा यातायात संघका अध्यक्ष नुरुल होदा अन्सारी, सगरमाथा ट्रक ढुवानी यातायात व्यवसायी संघका अध्यक्ष जगदिश प्रसाद अर्याल, सगरमाथा जिप भ्यान तथा माईक्रो मिनि, म्याजिक व्यवसायी संघका उपाध्यक्ष हरेराम यादव र सप्तकोशी माईक्रो व्यवसायी संघका इन्चार्ज मुकेश मिश्रद्वारा बुधबार जारी विज्ञप्ती मार्फत सो आग्रह गरेको हो । 
विज्ञप्तिमा यातायातका साधनहरु मधेश आन्दोलनको घोषणा भएको दिनदेखी आजसम्म खडा रहेका कारण सो गाडीमा काम गर्ने मजदुरहरुको दैनिक छाक टार्न समेत धौं–धौं पर्न थालेको उल्लेख छ । यस्तै गाडी संचालन हुन नपाउँदा तिर्नु पर्ने किस्ताका रकमहरु, गाडीका कागज पत्र र करहरु चार महिनादेखी तिर्न नसकेको अवस्था रहेकोले आन्दोलनपछि ती गाडीहरु बैंक, फाइनान्सले तानेर लग्ने अवस्था समेत आइसकेको अवगत गराइएको छ । 
जारी विज्ञप्तीमा मधेश आन्दोलनको अवधिमा किस्ता नबुझाउने गाडीलाई ब्याज मिन्हा र कागजपत्र नविकरणमा आन्दोलनभरी कुनै किसिमको कर तथा जरिवाना नलाग्ने गरी व्यवस्था मिलाउन माग गरिएको छ । 
विज्ञप्तिमा सप्तरी सदरमुकामबाट केही सवारीसाधन रात्रिबस, ट्रक, ट्याक्टर, निर्विवाद रुपमा संचालन भइरहेको अवगत गराउँदै यस्ता क्रियाकलापबाट सौतला व्यवहार भइरहेकोप्रति खेद व्यक्त समेत गरिएको छ । विज्ञप्तिमा भनिएको छ, “कसैलाई काखा, पाखा, गरि कोही खाने र कोही भोक भोकै मर्ने जस्तो अवस्था सृजना भएकोले यस समस्याको यथासिघ्र निराकरण गरि दिनु हुन बिनम्र अनुरोध छ ।”

प्रतिकृया दिनुहोस

ताजा अपडेट