News Category 2072/09/13

महतोमाथी भएको प्रहरी दमनको चर्को बिरोध जिल्ला प्रशासन कार्यालयको समेत कामकाज बन्द

दैनिक समाचारदाता

दैनिक संवाददाता
राजविराज, १२ पुस ।
सद्भावना पार्टीका अध्यक्ष राजेन्द्र महतोमाथि शनिबार बिराटनगरस्थित रानी नाकामा धर्ना बसेका क्रममा प्रहरीबाट सांघातिक आक्रमण भएको विरोधमा आइतबार बिहानैदेखि सप्तरीको विभिन्न स्थानमा चर्को बिरोध प्रदर्शन भएको छ ।
सदरमुकाम राजविराज, हनुमाननगर, भारदहसहितका ठाउँहरुमा मोर्चा कार्यकर्ताहरुले बिहानैदेखि प्रदर्शन गरेका हुन् । राजविराजस्थित गजेन्द्र चोक, जनआन्दोलन चोकसहितका स्थानहरुमा टायर बालेरसमेत प्रदर्शन गरेका छन् ।
यस्तै मोर्चाले माइकिङ्ग गरि बिहान खुलेका राजविराजका पसलहरु ११ बजेबाट बन्द गर्न आग्रह समेत गरेको थियो । सोही क्रममा मोर्चाले जुलुस प्रदर्शन गर्दै जिल्ला प्रशासन कार्यालय सप्तरीमा पुगेर कामकाज बन्द गराउन आग्रह समेत गरेको थियो । सोही आग्रह अनुसार आइतबार जिल्ला प्रशासन कार्यालय सप्तरीमा बिहान ११ बजेपछि सम्पूर्ण कामकाज बन्द गरिएको मोर्चाका संयोजक कपिलदेव यादवले जानकारी दिनुभयो । यता कार्यालय बन्द भएपछि सेवाग्रहीहरु रित्तै फर्कन बाध्य भएका थिए । 
यसैबीच मोर्चाले सप्तरीका शिक्षण संस्थाहरुमा भइरहेको परिक्षालाई ध्यानमा राखि कुनै अवरोध पु¥याएनन् । विगत तीन महिनादेखी विद्यालयहरुमा पोशाक बिना अध्ययन अध्यापन भइरहेको छ । 
यसअघि मोर्चा कार्यकर्ताहरुले शनिबारराति पनि सद्भावना अध्यक्ष महतोमाथि राज्यले सुनियोजितढंगले आक्रमण गराएको भन्दै राजविराजमा मसाल जुलुस प्रदर्शन गर्नुको साथै जिल्ला प्रहरी कार्यालय अगाडि सरकार र गृह मन्त्रीविरुद्ध चर्को नाराबाजी गरेका थिए ।

प्रतिकृया दिनुहोस

ताजा अपडेट