News Category 2072/10/04

सद्भावना अध्यक्ष महतोको भव्य स्वागत

दैनिक समाचारदाता

दैनिक संवाददाता
राजविराज, ३ माघ । 
तराईमा आन्दोलनरत संयुक्त लोकतान्त्रिक मधेसी मोर्चाका एक घटक सद्भावना पार्टीका अध्यक्ष राजेन्द्र महतो तीन सातापश्चात् दिल्लीमा उपचारपछि आइतबार काठमाडौं फर्कनु भएको छ । 
आइतबार दिउँसो त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा ओर्लेपछि विभिन्न मधेशी नेता तथा कार्यकर्ताहरुले उहाँलाई भव्य स्वागत गरेका थिए । उहाँलाई विमानस्थलबाटै नेता कार्यकर्ताहरुले फुलमाला अबिर लगाएर स्कटिङ गर्दै पार्टी कार्यालय पु¥याएका थिए । सोही क्रममा नेकपा एमाले आवद्ध युवा संघका केही कार्यकर्ताहरुले विभिन्न नारावाजी गर्दै उहाँलाई कालो झण्डा समेत देखाएका थिए । 
विराटनगरस्थित रानी नाकामा धर्ना बस्न गएका बेला प्रहरीको लाठी लागी घाइते भएपछि तीन साताको दिल्लीमा उपचार पश्चात् फर्कनु भएको हो । 
दिल्लीमा उपचारपछि उहाँले भारतीय राष्ट्रपति प्रणव मुखर्जी, विदेशमन्त्री सुषमा स्वराज, विपक्षी कांग्रेस आई नेता राहुल गान्धीसहितका नेताहरुसँग भेटघाट गर्नुभएको थियो । 
उहाँले आइतबार साँझ प्रधानमन्त्री केपी शर्मा ओलीसँग छलफल गर्नुभएको थियो । त्रिभुवन अन्तर्राष्ट्रिय बिमानस्थलमा सञ्चारकर्मीसँग कुरा गर्दै महतोले प्रधानमन्त्री केपी शर्मा ओलीले मधेसको माग सम्बोधन हुन्छ भन्दै फोन गरेर बोलाएपछि काठमाडौं आएको बताउनुभयो ।
आफूहरु पनि समस्या समाधान होस् भन्ने पक्षमा रहेको भन्दै उनले संविधान संशोधन गरेर मधेसको माग सम्बोधन गर्नु पर्ने बताउनुभयो । 
उहाँले उधारो वा गठिने सहमति मान्य नहुने स्पष्ट पार्नुभयो । संविधान संशोधन गर्न समय लाग्ने भन्दै उहाँले मधेसको माग अनुसार सीमांकन हुन्छ भन्ने सुनिश्चितता दिलाउनु पर्ने बताउनु भयो ।

प्रतिकृया दिनुहोस

ताजा अपडेट