News Category 2072/10/07

शिर्ष स्तरमै वार्ता गर्ने ः तीन दल

दैनिक समाचारदाता

दैनिक संवाददाता
राजविराज, ६ माघ ।
प्रमुख तीन दलले संयुक्त लोकतान्त्रिक मधेसी मोर्चासँग शीर्ष स्तरमा नै वार्ता गर्ने निर्णय गरेको छ ।
प्रधानमन्त्री निवास बालुवाटारमा बुधबार बसेको तीन दलको बैठकले बिहीबार विहान ९ बजे मधेसी मोर्चालाई वार्तामा बोलाएको छ । कार्यदलमा जहाँ अड्किएको थियो, त्यहाँबाट अघि छलफल गर्ने र माघ ९ गतेभित्र प्याकेजमा नै सहमतिको प्रयास गर्ने प्रमुख तीन दलको निर्णय छ ।
सोमबारको बैठक भाँडिएपछि मधेसी मोर्चाले कार्यदल भंग गर्दै शीर्ष स्तरमा मात्र वार्ता गर्ने निर्णय गरेको थियो ।
कार्यदल स्तरको वार्तामा तीन दल र मधेसी मोर्चा अधिकांश मुद्दामा सहमत भएका छन् । तर, राजनीतिक संयन्त्रको टीओरआरमा मधेसमा दुई प्रदेश र सीमांकन हेरफेर हुन्छ भन्ने संविधानको अनुसूचीमा राख्नुपर्ने मधेसी मोर्चाको मागमा सहमति नभएपछि तीन दल र मधेसी मोर्चाको कार्यदलस्तरको वार्ता भाँडिएको थियो ।

प्रतिकृया दिनुहोस

ताजा अपडेट