News Category 2072/10/10

६० दलित परिवारलाई रंगिन कम्बल वितरण

दैनिक समाचारदाता

राजविराज÷सप्तरीको राजविराज नगरपालिका ७ पुरणी पोखरीका दलित परिवारलाई चिसोबाट जोगिन ६० परिवारलाई शनिबार एक कार्यक्रमबिच रंगिन कम्बल वितरण गरिएको छ । 
हेल्प नेपाल नेटवर्क काठमाण्डौको सहयोग तथा धर्मी हल्फा महिला विकास क्लव लालापटी २ को आयोजनामा एक समारोहबिच सामुदायिक प्रहरी सेवा केन्द्र राजविराजको सभाहलमा त्यहाँका ६० जना दलित परिवारलाई रंगिन कम्बल वितरण गरिएको हो ।
केन्द्रका अध्यक्ष कुमार पाठकको अध्यक्षतामा आयोजित सो समारोहमा धर्मी हल्फा महिला विकास क्लवका अध्यक्ष एवं समाजसेवि ई.सुर्य नारायण यादव, प्रेस स्वतन्त्रता सेनानी वैजनाथ झा, पत्रकारद्वय शुभ नारायण यादव, दिनेश शर्मा सहितको उपस्थितिमा त्यहाँका ६० परिवारलाई न्यानो कम्बल वितरण गरिएको हो । 
त्यस्तै क्लवले सप्तरीको सदरमुकाम राजविराजस्थित भगवति मन्दिर, कृष्ण मन्दिर, लक्ष्मी नारायण मन्दिर, विष्णुकाली मन्दिर, राधाकृष्ण मन्दिर मलेठ सहितका मन्दिरका पुजारीहरुलाई समेत एक एक थान ब्यालेंकेट प्रदान गरिएको क्लवका अध्यक्ष ई.सुर्य नारायण यादवले जानकारी दिनुभयो । 
उहाँका अनुसार जिल्लाको मलेठ गाविस ७ कृष्णानगर, रायपुर, राजविराज नगरपालिका ७ र लालापटी सहितका गाविसमा चिसोबाट जोगिन दलित परिवाराई करिब पाँच सय थान रंगिन कम्बल वितरण गर्ने लक्ष्य रहेको छ । 

प्रतिकृया दिनुहोस

ताजा अपडेट