News Category 2072/10/12

तीनै जनाको शवयात्रा निकालियो

दैनिक समाचारदाता

दैनिक संवाददाता
बिराटनगर, ११ माघ । 
मोरङको रंगेलीमा प्रहरीको गोली लागि मृत्यु भएका तीन जनाको सोमबार बिराटनगरमा शव यात्रा निकालिएको छ । 
हजारौंका संख्यामा मधेशवादी दलका कार्यकर्ताहरुले शव यात्रामा सहभागी भएका थिए । शव यात्रामा मधेशी मोर्चा शिर्ष शिर्ष नेताहरु राजेन्द्र महतो, उपेन्द्र यादव, सवेन्द्रनाथ शुक्ला लगायतका स्थानिय नेताहरुको बाक्लो सहभागिता रहेको छ । 
स्थानीय प्रशासन र मधेशी मोर्चाबीच सहमति भएपछि सोमवार शवयात्रा निकालिएको हो । शव यात्रा पश्चात् तीनै जनाको अन्त्येष्टि गरिएको छ ।  
यसअघि जिल्ला प्रशासन कार्यालय मोरङमा आइतबार मधेसी मोर्चाका नेताहरुसहित बसेको सर्वदलीय बैठकमा मृत्यु भएका तीनै जनाको शव मोर्चाले बुझ्ने लिखित सहमति भएको थियो । विराटनगरको विभिन्न चौक हुदैं रंगेली र डाइनियामा समेत शवयात्रा सहित नगर परिक्रमा गरिएको छ । 
प्रहरीले चलाएको गोली लागेर रंगेली ४ का ६० वर्षीया द्रौपदीदेवी चौधरी, डायनियाँ ९ का शिवु माझी र बरडंगा २ का महादेव ऋषिदेवको मृत्यु भएको थियो । सो घटनामा दर्जन भन्दा बढी व्यक्ति घाइते भएका थिए । 

प्रतिकृया दिनुहोस

ताजा अपडेट