News Category 2072/10/12

मुसहर समुदायको माटो दिवस सम्पन्न

दैनिक समाचारदाता

दैनिक संवाददाता
सिरहा, ११ माघ । 
सवरी संकल्प समाज र नेपाल मुसहर जातीय मरर गोराइत समिती गोलवजारको अगुवाई मुसहर समुदायले आइतबार छैठो माटो दिवस मनाएका छन् । 
मुसहर जातीका लोक देवता दिन राम दिनाभद्रीको जन्मथलो मानिने सप्तरी जिल्लाको जोगिया जन्मस्थलबाट ल्याईएको माटोलाई मुसहर समुदायले एक आपसमा टिका लगाई माटो दिवस मनाएका हुन् । 
माटो दिवसमा जिल्लास्थित विभिन्न गाउ गाउबाट जातीय अगुवा, विद्यार्थी, युवा र महिलाहरुको सहभागीतामा सम्पन्न माटो दिवसमा जातीय पहिचान र मुसहर समुदायले माटोप्रति गरिएको प्रेम र स्नेहलाई स्मरण गर्दै माटो दिवस मनाएको सवरी संकल्प समाजको उपाध्यक्ष अरुण सदाले बताउनुभयो । 
सोही माटो दिवसमा नेपाल राष्ट्रिय मुसहर उत्थान समाजका अध्यक्ष चन्देश्वर सदाले वर्तमान राजनीतिक दलले मुसहर समुदायलाई हेपहाको प्रवृतिले हेरेको बताउनुभयो । 
कार्यक्रममा गैरसरकारी महासंघका जिल्ला अध्यक्ष गोविन्द विष्टले मुसहर जातीको माटो दिवसको अभियानले यस जातीको परिवर्तन एक नया पाटो बन्दै गएको बताउनुभयो । परिवर्तन हुन आवश्यक यस जातीलाई सवैको साझा सहयोग र समर्थनवाट परिवर्तन हुन सक्ने बताउनुभयो । 
कार्यक्रममा मुसहर समुदायका अगुवा वीरेन्द्र सदा, अयोधी सदा, कारीचन सदा, कारीराम सदा, शान्ती सदा लगायतका ब्यक्तिहरु जातीको परिवर्तनका लागि सरकारले विशेष सुविधा उपलब्ध गराउने पर्ने बताउनुभयो । 
सोही कार्यक्रममा सवरी संकल्प समाज सिरहाले मुसहर समुदायका पहिलो साहायक वनअधिकृत चन्देश्वर सदालाई दोसल्ला ओढाई सम्मानित गरेका छन् । 
गरिबी र अशिक्षामा ब्यतित मुसहर जातीको हित र अधिकारको निम्ति ब्यक्तिगत र जातीगत रुपमा परिवर्तनको लागि सक्रियपुर्वक कार्य गरेको भन्दै सदालाई मुसहर जातीका पुरोहीतले माटोको टिका लगाई र गोविन्दराज विष्टले दोसलाओढाई सम्मानित गरिएको हो । 
सम्मानित हुनुभएका चन्देश्वर सदाले गरिवी र अभावबाट पिल्सिएको मुसहर समुदाय अधिकाशं चाहानाहरु गरिवीको कारण उच्च शिक्षा पुरा गर्न नसकेको र जागिरको अवसर पाउन नसकेको अवस्था रहेको बताउनुभयो । उहाँले समाजिक रुपमा माटो दिवसमा गरिएको यो सम्मानले मुसहर जातीको परिवर्तनको लागि जिम्मेवारी थपिएको उल्लेख गर्नुभयो । 

प्रतिकृया दिनुहोस

ताजा अपडेट