News Category 2072/10/14

चौमासिक रुपमा कार्य विवरण सार्वजनिक गर्ने कार्यालय प्रमुखहरुको प्रतिबद्धता

दैनिक समाचारदाता

दैनिक संवाददाता
राजविराज, १३ माघ । 
सप्तरीका सम्पूर्ण सरकारी कार्यालयका प्रमुखहरुले अब उपरान्त आफ्नो कार्यालयले गरेको कार्यहरुको प्रगति विवरण चौमासिक रुपमा संचारकर्मीसमक्ष सार्वजनिक गर्ने प्रतिबद्धता जनाएका छन् । 
सप्तरीका प्रमुख जिल्ला अधिकार नारायण प्रसाद भट्टको अध्यक्षतमा बुधबार आयोजित कार्यालय प्रमुख र संचारकर्मीबीचको अन्तरक्रिया कार्यक्रममा सो प्रतिबद्धता व्यक्त गरेका हुन् । 
आयोजित अन्तरक्रियामा संचारकर्मीहरुले सरकारी कार्यालयहरुले सूचना दिन किन नसकेको भन्ने प्रश्नको जवाफमा कार्यालय प्रमुखहरुले अब उपरान्त सम्पूर्ण कार्यालयहरुमा सूचना अधिकृत तोकेर संचारकर्मीसमक्ष कार्यालयको सम्पूर्ण प्रगति विवरण सार्वजनिक गर्ने जनाएका छन् । 
अन्तरक्रिया कार्यक्रममा उपस्थिति कार्यालय प्रमुखहरुले प्रमुख जिल्ला अधिकारीको पहलमा अबदेखी चौमासिक रुपमा कार्यालयको प्रगति विवरण सार्वजनिक गर्नेदेखी लिएर सूचना अधिकृतहरुको नाम र सम्पर्क नम्बर समेत सार्वजनिक गरेको प्रतिबद्धता जनाएका छन् । 
संचारकर्मीहरुको जिज्ञासामा प्रजिअ भट्टले पत्रकारहरुलाई सुचना चाहिएको छ, तर सुचना नदिएकै कारणले सरकारी कार्यालय र पत्रकारबिच विवादको मुठभेड श्रृजना भएको देखिएकोले यसलाई अगामी दिनहरुमा सुधार गर्ने प्रतिक्रिया दिनुभयो ।
सोही कार्यक्रममा संचारकर्मीहरुले यहाँका सरकारी कार्यालयका विज्ञापनहरु राष्ट्रिय मिडियामा जाने प्रवृति देखिएको भन्दै सो कार्य अविलम्व बन्द गरी स्थानीय संचार माध्यमहरुमा दिनुपर्ने आग्रह गरे ।
सो अन्तरक्रियामा जिल्लाका २० वटा सरकारी कार्यालयको प्रमुखहरु, संचारकर्मी तथा चारवटै सुरक्षा निकायका प्रमुखहरुको उपस्थिति रहेको थियो । 
यता जनता सूचनाको अधिकारबाट बञ्चित भइरहेको अवस्थामा दुई वर्ष अघि पनि तत्कालिन प्रमुख जिल्ला अधिकारी हरिकृष्ण पौडेलको अध्यक्षतामा सम्पन्न कार्यालय प्रमुखहरुको बैठकले समेत सो प्रतिबद्धता जनाएका थिए । तर, सो कुरा व्यवहारमा लागु नभएर कागजमै सीमित रहेको छ । 

प्रतिकृया दिनुहोस

ताजा अपडेट