News Category 2072/10/15

६ महिनाको अवधीमा राहदानीबाट दुई करोड भन्दा बढी राजश्व संकलन

दैनिक समाचारदाता

दैनिक संवाददाता
राजविराज, १४ माघ । 
मधेशमा जारि आन्दोलनको समयमा पनि सप्तरीबाट विदेसिने क्रम बढेको छ । वर्षेणी सप्तरीबाट रोजगारीकालागि १८ देखी २० हजारको हाराहारीमा यूवाहरु विदेशिने गरेको जिल्ला प्रशासन कार्यालय सप्तरीले जनाएको छ । 
जिल्ला प्रशासन कार्यालय सप्तरीले चालु आर्थिक वर्षमा राहदानी वापत २ करोड भन्दा बढी राजश्व संकलन भएको जनाएको छ । 
सप्तरीका प्रमुख जिल्ला अधिकारी नारायण प्रसाद भट्टले चालु आर्थिक वर्षको मंसिर महिना भन्दा दोब्बर पुस महिनामा राहदानीबाट राजश्व संकलन भएको जानकारी दिनुभयो । मंसिरमा ३५ लाख राजश्व संकलन भएकोमा पुसमा त्यसको दोब्बर भन्दा बढी करिब ७२ लाख राजश्व संकलन भएको उहाँले बताउनुभयो । 
यस्तै जिल्ला प्रशासन कार्यालय सप्तरीकी लेखापाल माधवी कार्कीका अनुसार चालु आर्थिक वर्ष २०७२÷७३ को ६ महिनामा २ करोड १४ लाख ६५ हजार रुपैया राजश्व संकलन भएको जानकारी दिनुभयो । जसमा साउन महिनामा ५८ लाख ९३ हजार ७ सय, भदौंमा ४ लाख ४५ हजार ६ सय, असोजमा २० लाख ४० हजार, कार्तिकमा २४ लाख ७१ हजार १ सय, मंसिरमा ३५ लाख ९७ हजार १ सय, पुसमा ७२ लाख ५० हजार रुँपैया राजश्वको रुपमा संकलन भएको बताउनुभयो । 
त्यस्तै हातहतियारबाट १७ हजार, संघ संस्था दर्ता र नवीकरण बाट ५८ हजार ६ सय ५० रुँपैया, दण्ड जरिवानाबाट १ लाख ११ हजार ५ सय रुँपैया संकलन भएको जानकारी दिनुभयो ।  
यस्तै गत वर्ष सप्तरीमा लाइसेन्स प्राप्त १४ वटा हतियार नविकरण भएको थियो भने यस वर्ष हालसम्म १५ वटा दर्ता भएको छ । 
चालु आर्थिक वर्षको साउनदेखी पुससम्ममा ५ हजार ७ सय राहदानी लिनेहरुले दर्ता गराएका छन् । जसमा द्रुत सेवाबाट १ हजार ५ सय ७ सय रहेको छ । 

प्रतिकृया दिनुहोस

ताजा अपडेट