News Category 2072/10/19

सिंचाई मन्त्री बिरुद्ध मोर्चाको बिरोध

दैनिक समाचारदाता

दैनिक संवाददाता
राजविराज, १८ माघ । 
सिंचाई मन्त्री उमेश कुमार यादव आफनो गृह जिल्ला आएपछि सप्तरीको राजविराज नगरपालिकाका साथै मन्त्रीको घर सप्तरीको लालापट्टीमा समेत बिरोध प्रदर्शन भएको छ ।
मन्त्री यादवको जिल्लामा आएपछि मधेशी मोर्चाका जिल्ला संयोजक कपिलदेव यादवको नेतृत्वमा राजविराजस्थित गजेन्द्रचौक, सहिद दर्शन चौकलगायतका विभिन्न स्थानमा बिहानैदेखि मोर्चाले टायर बालेर विरोध प्रदर्शन गरेका थिए । 
यता सिँचाइ मन्त्री यादब राईतवार राती नै गृहजिल्ला सप्तरी प्रवेश गर्नुभएको थियो । तर मोर्चाले सोमबार बिहान मन्त्री गृह जिल्ला प्रवेश गरेको थाहा पाएपछि विहानैदेखि उहाँ विरुद्ध राजविराजका विभिन्न ठाउँमा टायर बालेर प्रदर्शन गरेका थिए ।
सप्तरीको लालापट्टी घर भएका यादब सप्तरी क्षेत्र नम्बर ३ बाट निर्वाचित एमाओवादीका केन्द्रीय सदस्य समेत रहचस्नु भएक मन्त्री यादव सिँचाई मन्त्री भएपछि पहिलो पटक गृहजिल्ला आउनु भएको हो । उहाँको छिन्नमस्ता भगवती शक्तिपीठ र कंकालिनी भगवती मन्दिरमा पूजाआजा गर्ने कार्यक्रम रहेको थियो । 
त्यस्तै मन्त्री यादवको गृह गाविस जिल्लाको लालापटीमा समेत मोर्चा निकट नेकपा (माओवादी) ंका नेता तथा कार्यकर्ताहरुले प्रदर्शन गरेका थिए । मन्त्री यादव पुजाआजाको लागि छिन्नमस्ता मन्दिरमा आएको बेला माओवादीका नेताहरुले कालो झण्डा समेत देखाएको नेकपा (माओवादी)का जिल्ला संयोजक जय प्रकाश यादवले जानकारी दिनुभयो । यसअघि मोर्चाले सिंचाई मन्त्री यादवलाई जिल्ला प्रवशेमा रोक लगाएको थियो ।

प्रतिकृया दिनुहोस

ताजा अपडेट