News Category 2072/11/01

बन्द खुलेपछि विद्युत महसुल बुझाउने र बुझ्ने भ्याई नभ्याई

दैनिक समाचारदाता

दैनिक संवाददाता
राजविराज, २९ माघ । 
लामो बन्द पश्चात् बजार र सरकारी कार्यालय खुलेपछि अहिले सप्तरीका विभिन्न सरकारी कार्यालयहरुमा सेवाग्रहीहरुको भिड् लागेको छ । 
संयुक्त लोकतान्त्रिक मधेशी मोर्चाले विगत ६ महिनादेखि जारि बन्द स्थगित गरेपछि सप्तरीसहित तराई मधेसका सम्पुर्ण सरकारी कार्यालयहरुमा अहिले सेवाग्रहीहरुको काम गर्ने गराउने भिड लागेको हो । 
विगत लामो समयदेखि मधेसमा जारी आन्दोलनका कारणले यहाँका हरेक निकायहरु प्रभावित बनेको अवस्थामा बिहिबारदेखि यहाँका सम्पुर्ण सरकारी कार्यालयहरु संचालनमा आएपछि सर्वसाधारणहरुलाई निकै राहत पाएका छन् । 
यता ६ महिनादेखी मधेश आन्दोलनका कारण बन्द रहेको नेपाल विद्युत प्राधिकरण वितरण तथा ग्राहक सेवा राजविराज वितरण केन्द्र बिहीबार खुलेपछि विद्युत महसुल बुझाउनेको ठूलै लाम लागेको छ । 
विद्युत प्रद्यिकरणका प्रमुख रामउदगार साहले बन्दको समय अवधी भर विद्युत महसुलमा लाग्ने जरिवाना छुट गर्ने व्यवस्था मिलाएको जानकारी दिनुभयो । उहाँले माघ २८ गतेदेखी ७ दिनसम्म बन्द अवधीको ६ महिना विद्युत महसुलमा रिवेट दिने निर्णय तथा ८ औं दिनदेखी २२ दिनसम्म जरिवाना नलिने व्यवस्था मिलाएको जानकारी दिनुभयो । 
अहिले विद्युत प्राधिकरण राजविराज वितरण शाखाले बिहान ८ः३० बजेदेखी बेलुका ५ बजेसम्म महसुल बुझ्ने व्यवस्ता मिलाएको छ । तर ग्राहकहरुले महसुल बुझाउन बिहान ६ बजेदेखी नै लाइनमा बस्ने गरेका छन् । 
प्रमुख साहले बन्दको अवधी ६ महिनामा करिब १० करोड रकम महसुल वापत असुल गर्न बाँकी रहेको जनाउँदै कार्यालय खुलेको पहिलो दिन करिब एक करोड रकम असुल भएको जानकारी दिनुभयो । यता मोर्चाले बन्द स्थगित गरेपछि विस्तारै विस्तारै आम सर्वसाधारणको जनजीवन सामान्य समेत बन्दै गएको छ । 

प्रतिकृया दिनुहोस

ताजा अपडेट