News Category 2072/11/10

काँग्रेस सप्तरीको निर्वाचन आज यादव र साहबीच प्रतिष्पर्धा हुँदै

दैनिक समाचारदाता

दैनिक संवाददाता
राजविराज, ९ फागुन ।
नेपाली काँग्रेसको १३ औं महाधिवेशनका लागि सप्तरी जिल्ला कार्य समितिको आज राजविराजस्थित केअ माविमा निर्वाचन हुँदैछ ।
वर्तमान सभापति दिनेश कुमार यादव दोश्रो कार्यकालका लागि पुनः सभापतिमा उम्मेदबारी दिनुभएको छ । उहाँको प्यानलबाट सचिवमा राधाकान्त देव र कोषाध्यक्षमा दिनेश चौधरी उम्मेदवार बन्नुभएको छ ।
त्यस्तै सभापतिमा रामदेव साहले पनि उम्मेदबारी दर्ता गराउनु भएको छ । उहाँको प्यानलबाट सचिवमा रामकुमार यादव र कोषाध्यक्षमा शिव नारायण चौधरीले उम्मेदवार बन्नुभएको छ ।
नेपाली काँग्रेस सप्तरीको ३३ सदस्यीय कार्य समितिका लागि हुन लागेको निर्वाचनमा ६४ जनाले उम्मेदबारी दिएका छन् । त्यस्तै महासमिति सदस्यमा ४० जनाले उम्मेदबारी दिएका छन् । 
सभापति, सचिव, कोषाध्यक्ष बाहेक जिल्लाको ६ वटै क्षेत्रबाट कम्तिमा एकजना महिलासहित पाँच पाँच जना सदस्य निर्वाचित हुने प्रावधान रहेको छ । सो निर्वाचनमा १ हजार ६८ जनाले आफ्नो मत खसाल्ने पाउने छन् । 

प्रतिकृया दिनुहोस

ताजा अपडेट