News Category 2072/11/11

स्वतन्त्र मधेश गठबन्धनद्वारा नेता कार्यकर्ताको रिहाईको माग

दैनिक समाचारदाता

दैनिक संवाददाता
राजविराज, १० फागुन ।
स्वतन्त्र मधेश गठबन्धन सप्तरीले सप्तरी प्रहरीले पक्राउ गरेको सप्तरी संयोजकसहित एक दर्जन नेता कार्यकर्ताको रिहाईका लागि सम्पूर्ण बृद्धिजिवि, संचारकर्मी, कानुन व्यवसायी, मानवअधिकारकर्मीसँग माग गरेको छ । 
गठबन्धनका आन्दोलन विभागका प्रमुख महेश प्रसाद यादव र दलित विभागका प्रमुख काशिन्दर रामद्वारा सोमबार जारी विज्ञप्तीमा राजविराजस्थित जनआन्दोलन चौकबाट गठबन्धनका जिल्ला संयोजक सुरेन्द्र मधेशी, मो.उष्मान, चन्देश्वर मण्डल किसान, बुधेश्वर मण्डल, अनिल ठाकुर, महेश शर्मालाई शान्तिपुर्ण आन्दोलनबाट विना कारण पक्राउ गरी हिरासतमा राखेको भन्दै सो कार्यको घोर भत्सर्ना गरेको छ । 
जारी विज्ञप्तीमा पक्राउ परेका गठबन्धनका कार्यकर्ताहरुलाई अविलम्ब रिहाईको लागि जोडदार रुपमा माग गरिएको छ । त्यस्तै जिल्लाको भारदहबाट पक्राउ परेका श्यामसुन्दर मण्डल, भोगेन्द्र शर्मा र सुरेन्द्र मण्डललाई काठमाण्डौ लगी झु्ठा मुद्दा लगाई मधेशी जनतनाको आवाजलाई दबाउने कार्य भएकोले अन्र्तराष्ट्रिय मानवअधिकारको वाक स्वतन्त्रताको हनन भएको विज्ञप्तिमा उल्लेख छ । 
यता जिल्ला प्रहरी कार्यालय सप्तरीले राजविराजबाट गठबन्धनका जिल्ला संयोजक सुरेन्द्र शर्मा, उष्मान मियाँ तथा बुधेश्वर मण्डललाई मात्र पक्राउ गरेको जनाउँदै भारदहबाट पक्राउ परेका श्यामसुन्दर मण्डल, भोगेन्द्र शर्मा र सुरेन्द्र मण्डललाई काठमाडौंमा विशेष अदालतबाट म्याद थप गरिएको जनाइएको छ । 

प्रतिकृया दिनुहोस

ताजा अपडेट