News Category 2072/11/11

सामुदायिक विद्यालयका सम्पूर्ण कर्मचारी आन्दोलनमा

दैनिक समाचारदाता

दैनिक संवाददाता
राजविराज, १० फागुन । 
नेपाल विद्यालय कर्मचारी परिषद्को आह्वानमा सोमबारदेखी जिल्लाका सम्पुर्ण सामुदायिक विद्यालयका कर्मचारीहरु कामकाज रोकि स्थानिय केअमावि राजविराजमा धर्नामा बसेका छन् । 
सामुदायिक विद्यालयमा विगत लामो समयदेखि कार्यरत विद्यालयका कर्मचारीहरुलाई शिक्षा विभागको निर्देशन विपरीत कुनै प्रकारको सुविधा नदिई ६० वर्षको हद लगाई उक्त विद्यालयले अमानवीय रुपले पुस १६ गतेदेखि अनिवार्य अवकाश दिएकोले सम्मान अवकाश बदर गरी हाजिरी गराउने सम्बन्धमा लिखित तथा मौखिक आग्रह गर्दा पनि कुनै प्रकारको आश्वासन नपाएपछि बाध्य भएर आन्दोलनमा ओर्लेको परिषदका अध्यक्ष बब्वन झाले जानकारी दिनुभयो ।

प्रतिकृया दिनुहोस

ताजा अपडेट