News Category 2072/11/19

काँग्रेस १३औं महाधिवेशन केन्द्रीय सदस्यमा सप्तरीबाटै ११ उम्मेदवार !

दैनिक समाचारदाता

दैनिक समाचारदाता
राजविराज, १८ फागुन ।
आसन्नः नेपाली काँग्रेसको १३औं महाधिवेशनबाट पार्टीका केन्द्रीय सदस्य पदकालागि सप्तरीबाट मात्रै आधा दर्जन बढीले उम्मेदवारी दिने भएका छन् । केन्द्रीय सदस्यकालागि उम्मेदवारी दिनेहरुमा सप्तरीबाट पूर्वराजदुतदेखि जिल्ला तहका नेतासम्म रहेका छन् ।
नेपाली काँग्रेसकै राजनीतिमा लागेर बृद्ध भईसकेका सप्तरीका बयोवृद्ध काँग्रेसी नेता बिरवल बिराजीले पनि यस पटक केन्द्रीय सदस्यकालागि उम्मेदवारी दिनुहुने भएको छ । उहाँ सप्तरी जिविसका पूर्व सभापतिसमेत हुन् ।
यस्तै विभिन्न देशको राजदूत भई कामकाज गरिसकेका सप्तरी निवासी डा. सुरेश चालिसे पनि केन्द्रीय सदस्यमा उम्मेदवारी दिने हुनुभएको छ । त्यसैगरी चिकित्सा पेशामा रही काँग्रेसमा सक्रिय रहेका सप्तरी तिलाठी निवासी डा. अनिल झा पनि यसपटक केन्द्रीय सदस्यकालागि महाधिवेशनमा उम्मेदवारी दिने तय रहेको छ ।
पहिल्यै पनि काँग्रेसका केन्द्रीय सदस्य भईसकेका पूर्व गृहराज्य मन्त्री राजविराज निवासी रामकुमार चौधरी यसपटक पुनः केन्द्रीय सदस्यमा उठ्ने पक्कापक्की छ ।
त्यस्तै नेवि संघका केन्द्रीय अध्यक्ष एवं सांसद सप्तरी निवासी रञ्जित कर्ण र सांसद सकलदेव सुतिहार भने प्रदेश नम्बर २ बाट केन्द्रीय सदस्यको उम्मेदवारी दिने दुबैजनाले बताउनुभएको छ । 
यसैगरी नेपाल टे«ड यूनियन काूग्रेसका केन्द्रीय नेता उमेश मिश्र पनि केन्द्रीय सदस्यमा उम्मेदवारी दिनुहुने पक्का छ । 
आदिवासी जनजाती कोटाबाट केन्द्रीय सदस्यमा सप्तरी निवासी यूवा नेता एवं नेपाल तरुण दलका केन्द्रीय सदस्य सनतकुमार मण्डल र महिला कोटाबाट गीता यादवले समेत केन्द्रीय सदस्यमा उम्मेदवारी दिनुहुने भएको छ । 
यस्तै सप्तरी निवासी सांसदद्वय तेजुलाल चौधरी र सुरेन्द्र यादवले समेत उम्मेदबारी दिने चर्चा रहेको छ । 

प्रतिकृया दिनुहोस

ताजा अपडेट