News Category 2072/11/19

कटुवा पेस्तोल र चार राउण्ड गोली सहित एक पक्राउ

दैनिक समाचारदाता

दैनिक समाचारदाता
राजविराज, १८ फागुन । 
सप्तरीको बकधुवा गाविसस्थित एक होटलबाट प्रहरीले कटुवा पेस्तोल र चार राउण्ड गोलीसहित एक जनालाई पक्राउ गरेको छ । 
बकधुवा ९ स्थित रिजन होटलमा सप्तरी बेल्हिचपेना ६ बस्ने २६ बर्षिय पाण्डव कुमार मण्डल बसिरहेको अवस्थामा उनलाई कटुवा पेस्तोल र चार राउण्ड गोलीसहित पक्राउ गरेको हो । 
बिशेष सूचनाको आधारमा जिल्ला प्रहरी कार्यालय सप्तरी र ईलाका प्रहरी कार्यालय महुली गएको प्रहरी टोलिले शंका लागी खानतलासी गर्दा निजको साथबाट कटुवा पेस्तोल एक थान र सोहि पेस्तोलको ४ राउण्ड गोली फेला पारेको जिल्ला प्रहरी कार्यालय सप्तरीले जनाएको छ । 
यता पक्राउ परेका मण्डललाई हतियार सहित जिल्ला प्रहरी कार्यालय सप्तरीमा ल्याइ थप अनुसन्धानको लागि हिरासतमा राखेको प्रहरीले जनाएको छ ।

प्रतिकृया दिनुहोस

ताजा अपडेट