News Category 2072/11/20

छिन्नमस्ता शक्तिपीठमा लक्षचण्डी महायज्ञको ध्वजारोहण

दैनिक समाचारदाता

दैनिक समाचारदाता
राजविराज, १९ फागुन । 
सप्तरीको प्रसिद्ध शक्तिपीठ छिन्नमस्ता सखडेश्वरी शक्तिपीठमा लक्षचण्डी रुद्र महायज्ञकालागि ध्वजारोहण एवम् भूमी पूजन भएको छ । 
राजविराजस्थित मधेशी पत्रकार संघ सप्तरीको कार्यालयमा बुधवार आयोजित पत्रकार सम्मेलनमार्फत शक्तिपीठका पीठाधीश महाकान्त ठाकुरले आगामी चैत्र २६ गते सो महायज्ञ हुने जानकारी दिनुभयो ।
उहाँले चैते नवरात्राको दिन आयोजन हुने ध्वजारोहण एवम् भूमी पूजन कार्यक्रम विशेष समारोहका बीच गरिने जानकारी दिनुभयो ।
२०७१ को चैते दशैंको पहिलो दिनदेखि ध्वजारोहण कार्यक्रमकै दिनदेखि ४ आवृत दुर्गा पाठ नियमित रुपमा सञ्चालन हुँदैआएको तथा प्रत्येक महिना शतचण्डी महायज्ञ सञ्चालन भइरहेको उहाँले बताउनु्भयो ।
शक्तिपीठमा प्राङ्गणमा १३ वर्ष अघि सहश्रचण्डी महायज्ञ आयोजना भएको चर्चा गर्दै पछिल्लो पटक शक्तिपीठमा विश्वमै पाँचौ तथा नेपालमै पहिलो पटक लक्षचण्डी महायज्ञ आयोजना हुन लागेको हो ।
देशमा दिर्घ शान्ति, दैवीप्रकोप, अतिवृष्टि, सामाजिक सद्भाव, देश तथा विश्व कल्याणार्थ आयोजन हुन लागेको तथा उक्त महायज्ञमा २ सय फिट लामो र २ सय फिट चौडाई भएको यज्ञ मण्डप निर्माण गरिने पीठाधीश ठाकुरले पत्रकारहरुलाई जानकारी दिनुभयो ।
लक्षचण्डी महायज्ञमा कुल २१ करोड २५ लाख खर्च हुने बताउँदै उहाँले ‘महायज्ञबाट प्राप्त आम्दानी वेद विद्यालय, धर्मशाला, मन्दिर निर्माण लगायत सामाजिक कार्यमा खर्च गरिने उल्लेख गर्नुभयो । 

प्रतिकृया दिनुहोस

ताजा अपडेट