News Category 2072/11/22

मधेशी मोर्चा सप्तरीको संयोजकमा गजेन्द्र मण्डल

दैनिक समाचारदाता

दैनिक समाचारदाता
राजविराज, २१ फागुन । 
मधेशी मोर्चा सप्तरीको जिल्ला संयोजकमा राष्ट्रिय मधेश समाजवादी पार्टीका जिल्ला अध्यक्ष गजेन्द्र कुमार मण्डललाई चयन गरिएको छ । मोर्चाको गठन भएदेखी नै एक एक महिनामा संयोजक परिवर्तन गर्ने नियम रहेको छ । सोही अनुसार यस पटक मण्डल संयोजक बन्नु भएको हो ।  
मधेशी मोर्चाका संयोजक कपिलदेव यादवको अध्यक्षतामा शुक्रबार संघिय समाजवादी फोरम नेपालको कार्यालयमा बसेको मोर्चाको बैठकले यस्तो निर्णय गरिएको मोर्चाद्वारा जारी विज्ञप्तीमा उल्लेख गरिएको हो ।
जारी विज्ञप्तीमा मधेश र मधेशी जनताको भावना र मर्म अनुसार विभिन्न माग राखी विगत लामो समयदेखि आन्दोलन गरिरहेको बताउँदै मधेशी जनताको रगतमा होली खेल्दै खस उच्च वाहुनवादी पार्टीले मधेशी जनताको सपुतलाई वलिदानी, दिएको तथा आन्दोलनको उचाईमा पु¥याउनका लागि  आफ्नो शहादत दिएका वीर सहितप्रति हार्दिक शद्धाञ्जली व्यक्त गरिएको छ । त्यस्तै विज्ञप्तिमा घाईतेहरुको सीघ्र स्वास्थ्य लाभको कामना समेत गरिएको छ ।
साथै मधेशी मोर्चा मातहतका सम्पूर्ण समिति उपसमितिलाई समेत विघटन गरिएको जारी विज्ञप्तीमा उल्लेख गरिएको छ । 

प्रतिकृया दिनुहोस

ताजा अपडेट