News Category 2072/11/25

आगलागीबाट ६ घर नष्ट

दैनिक समाचारदाता

दैनिक समाचारदाता
राजविराज, २४ फागुन । 
सप्तरीको फर्सेठ गाविस वडा नं. ६ मा आगलागि हुँदा ६ घर जलेर नष्ट भएको छ । 
स्थानिय रामसेवक खंगको पुजा कोठाको दियोबाट अचानक आगालागी हुँदा सोहि स्थान बस्ने कुजिलाल खंग, सन्तोष खंग, राम खंग, रामसेवक खंगलगायतको ४ वटा फुसको घर तथा बौवालाल यादब र श्रीलाल यादव गाईको गोठ र घरका सम्पुर्ण सामान जलेर पुर्णरुपमा क्षती भएको छ । 
सो आगलागी बाट करिब ६ लाख मुल्य बराबरको क्षति भएको पीडितहरुले बताएका छन् । 
आगोलाई बारुणयन्त्र, नेपाल प्रहरी, शसस्त्र प्रहरी, नेपाली सेना र स्थानियबासीको सहयोगमा पुर्णरुपमा नियन्त्रण लिएको जिल्ला प्रहरी कार्यालय सप्तरीले जनाएको छ । 

प्रतिकृया दिनुहोस

ताजा अपडेट