News Category 2072/11/28

इन्धनको आपुर्ति सहज गराउन विभिन्न निर्णयहरु

दैनिक समाचारदाता

दैनिक समाचारदाता
राजविराज, २७ फागुन । 
मधेश आन्दोलनपछि सप्तरीमा इन्धनको आपुर्ति असहज भएको अवस्थामा बिहिबार प्रमुख जिल्ला अधिकारीको निवासमा बसेको बैठकले सहज रुपमा इन्धन वितरण गर्ने निर्णय गरेको छ । 
सप्तरीका निमित्त प्रमुख जिल्ला अधिकारी प्रेम कुमार उपाध्यायको अध्यक्षतामा तथा मधेशी मोर्चा, सुरक्षा निकाय, पेट्रोलियम डिलर्स एशोसिएसन तथा पेट्रोलियम व्यवसायीहरुको उपस्थितिमा सम्पन्न बैठकले पेट्रोलियम पदार्थ जिल्लामा सहज रुपले आपूर्ती गर्नका लागि विभिन्न निर्णयहरु गरेको हो । 
प्रत्येक पेट्रोल पम्पमा बिहान ११ बजेदेखि दिउँसो ४ बजेसम्म सुरक्षाकर्मीको रोहवरमा पेट्रोलियम पदार्थ वितरण गर्ने, तेल वितरण गर्दा ब्लुबुक आदि प्रमाणको आधारमा मात्र वितरण गर्ने, विशेष परिस्थितिमा जिल्ला प्रहरी कार्यालयको रोहवरमा मात्र राति इन्धन वितरण गर्ने निर्णयहरु भएको मधेशी मोर्चा सप्तरीका जिल्ला संयोजक गजेन्द्र कुमार मण्डलले जानकारी दिनुभयो ।

प्रतिकृया दिनुहोस

ताजा अपडेट