News Category 2072/12/01

बालविवाह तथा दहेज प्रथा उन्मुलन गर्नुपर्ने सामुहिक प्रतिवद्धता

दैनिक समाचारदाता

दैनिक समाचारदाता
राजविराज, ३० फागुन । 
मिथिलाबाट बालविवाह तथा दहेज प्रथा उन्मुलन गर्नुपर्ने सामुहिक प्रतिवद्धता एक कार्यक्रममा सहभागिहरुले जनाएका छन । 
सप्तरीको राजबिराजस्थित राजरंगशलाको प्राङ्गणमा नेपाल सरकार महिला बालबालिका तथा समाज कल्याण मन्त्रालयद्वारा सक्षम वालिका समृद्ध नेपाल नाराका साथ “नेपाल बालिका सम्मेलन २०७२“ बालबालिकाका विषयमा अन्तरपुस्ता सम्बाद कार्यक्रममा सहभागीहरुले सो प्रतिबद्धता जनाएका हुन ।
सो कार्यक्रममा बाल विवाह तथा दाईजो प्रथालाई उन्मुलनका लागि स्थानीय पत्रपत्रिका, टेलिभिजन र रडियोको माध्यमबाट विभिन्न कार्यक्रम गर्दै आउनुभएका कलाकार सप्तरी निवासी भोरुकवा एफमएका प्रसिद्ध हास्य कलाकार जिवछ दासले छोरा र छोरीमाथि भेदभाव नगरी दहेज लिनु र दिने प्रति सरोकारबालाहरुको ध्यानाकर्षण गराउनुका साथै सहभागिहरुलाई विभिन्न पशुपंक्षीको आवाजबाट चेतना फैलाउनुभएको थियो । 
कान्तिपुर रेडियोकर्मी रुपा झाद्वारा संचालित सो कार्यक्रममा श्याम सुन्दर शशिले बालविवाह तथा दहेज प्रथा उन्मुलनको सम्बन्धनमा सचेतना दिनुभएको थियो । त्यस्तै शिव इन्टरनेशनल इङलिस बोर्डिङ्ग स्कुलका छात्रछात्राहरुद्वारा विभिन्न सांँस्कृतिक नाचगान तथा स्थानीय कलाकार सोनु कुमार मण्डलले गित गाएकी थिइन् ।
भोर नामक संस्थाका अध्यक्ष राज कुमार महतोको अध्यक्षतामा आयोजित सो कार्यक्रममा जिल्ला प्रशासन कार्यालयका प्रशासकिय अधिकृत जनक कोईराला, डिएसपी दान बहादुर कार्की, संचारकर्मी वैजनाथ झा, मनोहर पोखरेल, महिला तथा बालबालिका कार्यालय प्रमुख चन्द्रकला श्रेष्ठ लगायतले मन्तव्य राख्नु भएको थियो । 
संस्थाले मधेशका १५ वटा जिल्लाहरुमा बाल विवाह तथा दहेज प्रथा उन्मुलन सम्बन्धि जनचेतना मुलक कार्यक्रम संचालन गर्दै आएको छ ।
बाल विवाह र दाईजो प्रथा उन्मुलनको सद्भाव दुत सप्तरी निवासी डा. सि.के सिंहले विगत दुई वर्षदेखि बाल विवाह तथा देहज प्रथा उन्मुलन गर्नका लागि कार्यरत हुनुहुन्छ । साथै नेपाल सरकारद्वारा सन २०३० सम्ममा बाल विवाह तथा दहेज प्रथालाई उन्मुलन गर्ने लक्ष्य राखिएको छ ।

प्रतिकृया दिनुहोस

ताजा अपडेट