News Category 2072/12/01

चुरेलाई जोगाउनुपर्नेमा सिंचाई मन्त्रीको जोड

दैनिक समाचारदाता

दैनिक समाचारदाता
राजविराज, ३० फागुन । 
सिंचाई मन्त्री उमेश कुमार यादवले जल भण्डारको रुपमा रहेको चुरेलाई जोगाउनुपर्नेमा जोड दिनुभएको छ । 
सप्तरीको रायपुर गाविस–६ मा आईतवार शास्त्री गौशाला एवम् पशुपालन फर्मको शिलान्यास गर्नुहुँदै उहाँले सो कुरामा जोड दिनुभएको हो । 
मन्त्री यादवले चुरेको क्षति तराई मधेशको लागि दुर्भाग्य भएको भन्दै यसको संरक्षण गर्न सबै पक्षले लाग्नु पर्ने बताउनुभयो । चुरे पानीको श्रोत हो, त्यसैले यसको बिनास भए तराई मधेशमा मरुभूमीकरणको खतरा निश्चित रहेको बताउनुभयो । 
उहाँले नदी नियन्त्रणतर्फ सप्तरीमा साढे ११ करोड बजेट छुट्याएको जानकारी दिँदै महुली तटबन्धकालागि साढे चार करोड र खाँडोकालागि ४ करोड बजेट विनियोजन गरिएको बताउनुभयो ।
सप्तरीको रायपुर निवासी पण्डित रामकुमार शास्त्रीको अध्यक्षतमा आयोजित कार्यक्रमका प्रमुख अतिथि मन्त्री यादवले गौशाला नजिकै निर्माण गरिने पोखरी निर्माणको कोदालोले खनेर शुभारम्भ समेत गर्नुभएको थियो । 
सोही कार्यक्रममा प्रेस काउन्सिलका सदस्य मुरली प्रसाद यादव, नागरिक सञ्जाल सप्तरीका संस्थापक सुखराम यादव, खानेपानी तथा सरसफाई डिभिजन कार्यालयका प्रमुख ई.लोकेन्द्र प्रसाद यादव लगायतकाहरुको उपस्थिति रहेको थियो । 
यस्तै मन्त्री यादवलाई संयुक्त राष्ट्रिय मधेश आन्दोलन परिचालन समितिका प्रवक्ता भगवती यादवको नेतृत्वमा रायपुरमा कालो झण्डा देखाएको जिल्ला अध्यक्ष जयप्रकाश यादवले जानकारी दिनुभयो । 

प्रतिकृया दिनुहोस

ताजा अपडेट