News Category 2072/12/27

दुई कार्यालय सहयोगी, २६ निरीक्षक निष्काशित तथा २४ परीक्षार्थीको परीक्षा रद्द

दैनिक समाचारदाता

दैनिक समाचारदाता
राजविराज, २६ चैत । 
यस वर्षको एसएलसी परीक्षामा सप्तरीबाट २ जना कार्यालय सहयोगी सहित २६ जना निरीक्षकलाई निष्काशित भएका छन् भने २४ जना परीक्षार्थीको परीक्षा रद्द गरिएको छ । 
जिल्ला शिक्षा कार्यालय सप्तरीका परीक्षा शाखाका बिरेन्द्र चौधरीले दिएको जानकारी अनुसार यस वर्षको एसएलसी परीक्षामा यी सामान्य बाहेक परीक्षा शान्तिपूर्ण तरीकाबाट सम्पन्न भएको छ । 
चैत १८ गतेदेखी सुरु भएको एसएलसी परिक्षा शुक्रबार सम्पन्न भएको छ । 
यस वर्षको परीक्षामा सप्तरीबाट नियमित तर्फ ९ हजार १ सय २४ तथा एक्जामटेड तर्फ ६ हजार ७ सय ३० जना गरि कुल १५ हजार ८ सय ५४ जना परीक्षार्थीहरु एसएलसी परीक्षामा सहभागि भएको जिल्ला शिक्षा कार्यालय सप्तरीले जनाएको छ । 
गत वर्षको तुलनामा यस वर्ष सप्तरीमा १ हजार ५ सय ९३ बढी विद्यार्थीहरु परिक्षामा सहभागि भएका हुन् ।

प्रतिकृया दिनुहोस

ताजा अपडेट