News Category 2072/12/28

अन्तत् जिल्ला परिषद्को उद्घाटन सहिद पत्नीले गर्ने

दैनिक समाचारदाता

राजविराज÷जिल्ला परिषद्को उद्घाटन गर्ने विषयमा आन्दोलनरत मधेशी मोर्चा र विभिन्न दलबीच सहमति भएको छ । 
मधेशी मोर्चा सप्तरीले गरेको प्रस्तावमाथी विभिन्न दलहरुले सहमति जनाउँदै चैत २९ गते हुने २२ औं जिल्ला परिषद्को प्रमुख अतिथ्यको रुपमा जारि मधेश आन्दोलनका पहिलो सहिद सप्तरीको भारदह १ निवासी राजिव राउतकी धर्मपत्नी निलम देवी राउत हुने भएकी छिन् । 
सोही परिषद्मा मधेश आन्दोलनका शहिद रामकृष्ण राउत, बिरेन्द्र राम, नागेश्वर यादव, दिलिप साह, शिवशंकर दास, गुल्टेन दास र खुशिलाल यादव तथा जनआन्दोलनका शहिद दशन यादवका परिवारलाई विशेष अतिथि बनाई सम्मान गर्ने कार्यक्रम सर्वसम्मतिले पारित भएको मधेशी मोर्चा सप्तरीले जनाएको छ । 
मोर्चाका संयोजक गजेन्द्र कुमार मण्डलद्वारा शनिबार जारि विज्ञप्तिमा जारि मधेश आन्दोलन ३ का पहिलो शहिद राजिव राउतकी पत्नीलाई प्रमुख अतिथि बनाउने विषयमा नेकपा एमालेले बिरोध गर्दा गर्दै पनि अन्तत् बाँकी रहेका सम्पूर्ण दलले मोर्चाको प्रस्तावमाथी सहमति जनाएको उल्लेख छ । 
विज्ञप्तिमा प्रमुख अतिथि निलम देवी राउतलाई नै सर्वसम्मतिले सहमति जनाउने सम्पूर्ण दलहरुलाई मधेशी मोर्चा सप्तरीले धन्यवाद दिँदै परिषद् सफल बनाउन सम्पूर्ण सरोकारवालाहरुलाई आग्रह समेत गरेको छ । 

प्रतिकृया दिनुहोस

ताजा अपडेट