News Category 2073/01/01

राजविराज फुटबल क्लवको अगुवाईमा प्रतियोगिता हुँदै

दैनिक समाचारदाता

दैनिक समाचारदाता
राजविराज, ३० चैत । 
नयाँ वर्षको अवसरमा राजविराजमा बैशाख २ गतेदेखि फुटबल प्रतियोगिताको आयोजना गरिने भएको छ । 
फुटबल खेलको खडेरी भइरहेको अवस्थामा स्थानिय युवा फुटवल खेलाडीहरुको अग्रसरतामा प्रथम राजविराज फुटबल प्रतियोगिता हुँदैछ ।
फुटबल खेलाडीहरु आफ्नै लगानी र अग्रसरतामा राजविराज फुटबल क्लव गठन गरी प्रतियोगिता आयोजना गर्न लागेको अगुवा उमेश यादवले जानकारी दिनुभयो । उहाँका अनुसार जिल्लाका बिभिन्न आठ वटा क्लव र प्रहरी टोलीको समेत प्रतियोगितामा सहभागिता रहनेछ ।
प्रतियोगिताको उद्घाटन खेल सगरमाथा अंचल प्रहरी कार्यालय र तेरहौता टिमबीच हुने आयोजजक समितिका प्रज्वल बस्नेतले जानकारी दिनुभयो ।
प्रतियोगितामा प्रथम हुने टिमलाई रु १५ हजार र दोस्रो हुने टिमलाई रु ७ हजारसहित मेडल, कप र प्रमाण पत्र दिइनेछ । प्रतियोगिताका सहभागि टिमहरुलाई यातायातको सुविधा समेत दिइने जनाइएको छ । 

प्रतिकृया दिनुहोस

ताजा अपडेट