News Category 2073/01/03

सिरुवा र जुडसितल मनाइयो

दैनिक समाचारदाता

दैनिक समाचारदाता
राजविराज, २ वैशाख । 
नयाँ वर्षसँगै बुधबार सप्तरीसहित तराई मधेशका विभिन्न जिल्लाहरुमा जुडसितल अर्थात सिरुवा पर्व भव्य रुपमा मनाईएको छ ।
पर्व अन्तर्गत पहिलो दिन पानी सिरुवा मनाईएको छ भने दोश्रो दिन पानी छ्यापा–छ्याप गरी जुडसितल मनाईएको हो ।
त्यस्तै नयाँ वर्षको अवसरमा युवा युवतीहरु फेसबुक तथा भिजिटिङ्ग कार्ड मार्फत नयाँ वर्षको शुभकामना आदान प्रदान गरेका छन् । बर्षभरी शितलता प्राप्त होस भन्दै जुडसितल मनाईने गरेको पौराणिक विश्वास रहेको छ । 
जुडसितलको अवसरमा ठुलाले आफुभन्दा सानालाई टाउँकोमा पानी हालेर जीवनभरी सुखि रहने आर्शिवाद दिइने गर्ने चलन । शीतल जल, पुष्प तथा प्रसाद चढाई बिहिबार बिहान त्यो शीतल जल ज्येष्ठ व्यक्ति मान्यजनबाट सबैको टाउकोमा छर्केर आशीर्वाद दिने र दीर्घायुको कामना गर्ने गरिन्छ ।
यसैगरि सोही अवसरमा सप्तरीको भारदहमा हिलो छ्यापेर सिरुवा पर्व मनाइएको छ । भारदहका युवाहरुले विगत झैं यस वर्ष पनि एक अर्कोलाई हिलो छ्यापेर सो पर्व मनाएका छन् ।  
सिरुवा पर्वको अवसरमा सप्तरीसहित पूर्वका पाँच जिल्लाहरुमा सार्वजनिक बिदा समेत दिइएको छ ।
जुडसितल अर्थात सिरुवा पर्वको अवसरमा विभिन्न परीकारका खाना बनाई एक अर्काको घरमा खाना खाने चलन रहेको छ । सो अवसरमा एकले अर्काे तथा छिमेकी, इष्टमित्रलाई आ–आफनो घरमा ल्याएर विभिन्न परिकारको खाना खुवाउने गरिन्छ । 
जुडसितल अर्थात सिरुवा पर्वको अवसरमा सप्तरीको सदरमुकाम राजविराजस्थित राजदेवी मन्दिरमा भव्य मेला लाग्ने गरेको छ । त्यस्तै नयाँ वर्षको शुरुवातसँगै जिल्लाको शम्भुनाथ नगरपालिकास्थित शम्भुनाथ मन्दिरमा बैशाख १ गतेदेखी समेत एक महिनासम्म मेला लाग्ने गरेको छ ।

प्रतिकृया दिनुहोस

ताजा अपडेट