News Category 2073/01/26

अधिकृतको कार्यशैलीमा सुधार लगायत माग गर्दै नगरपालिका कर्मचारी आन्दोलित

दैनिक समाचारदाता

राजविराज÷विगत तीन महिना लामो समयदेखी विभिन्न सांकेतिक रुपमा आन्दोलन गरिरहेका राजविराज नगरपालिकाका कर्मचारीहरु मंगलबारदेखी १३ बुँदे माग राख्दै धर्ना आन्दोलन सुरु गरेका छन् ।
आन्दोलनको पहिलो दिन दुई घण्टा र माग पुरा नभएसम्म प्रत्येक दिन एक एक घण्टा समयअवधी थप गर्दै शुक्रबार कर्मचारीहरुले शुक्रबार बिहान १० बजेदेखी दिउँसो ३ बजेसम्म पाँच घण्टा धर्ना दिएका छन् । 
धर्नाका कारण शुक्रबार पाँच घण्टा कार्यालयको कामकाज अवरुद्ध भएपछि सेवाग्रहीहरु कामकाज गराउनबाट बञ्चित समेत भएका थिए ।
नगरपालिकाका कार्यकारी अधिकृत विष्णुप्रसाद गुरुङको कार्यशैलीमा सुधार, हचुवाको भरमा गरिएको गोप्य परिषद् बदर गर्नुपर्ने, तीन महिनादेखि रोकिएको तलब उपलब्ध गराउनुपर्ने, उमेर हद तथा स्वेच्छिक अवकाश पाउने कर्मचारीलाई एकमुष्ट उपदान उपलब्ध गराउनुपर्नेलगायत १३ बुँदे माग राख्दै उनीहरू आन्दोलनमा उत्रिएका हुन् ।
यसअघि, कार्यकारी अधिकृत गुरुङलाई १३ बुँदे मागसहितको ज्ञापनपत्र बुझाएका कर्मचारीहरूले माग पूरा हुने संकेत नदेखेपछि बाध्य भएर धर्नामा बसेको नगरपालिका कर्मचारी एशोसिएशनका अध्यक्ष उमेश प्रसाद यादवले बताउनुभयो ।

प्रतिकृया दिनुहोस

ताजा अपडेट