News Category 2073/01/27

ट्राफिक सप्ताहमा जनचेतनामूलक ¥याली

दैनिक समाचारदाता

दैनिक समाचारदाता
राजविराज, २६ बैशाख । 
सप्तरीको सदरमुकाम राजविराज नगरमा बढ्दो ट्राफिक आवगमन तथा ट्राफिक व्यवस्थापनका लागि आईतबार राजविराजमा ¥याली निकालिएको छ । 
जिल्ला प्रहरी कार्यालय सप्तरी तथा सामुदायिक प्रहरी सेवा मंच र जिल्लाका ट्राफिक प्रहरी कार्यालयको आयोजनामा ट्राफिक सप्ताहको शुभारम्भ तथा जनचेतनामुलक ¥याली प्रदर्शन गरिएको हो । 
राजविराजस्थित राजरंगशालाको प्राङ्गणबाट निकालिएको सो ¥याली नगरको विभिन्न भागको परिक्रमा गरेको थियो । सो ¥यालीमा जिल्ला प्रहरी कार्यालय, सामुदायिक प्रहरी सेवा मंच र जिल्लाका ट्राफिक प्रहरी कार्यालयका साथै युवा, विद्यार्थी, पत्रकार, अधिकारकर्मी सहितकाहरुको सहभागिता रहेको थियो ।

प्रतिकृया दिनुहोस

ताजा अपडेट