News Category 2073/02/13

लेखी जी, पार्टी एकीकरण की पार्टी टेण्डरको आह्वान हो !

दैनिक समाचारदाता

कन्तलाल चौधरी
उपाध्यक्ष
संघीय समाजवादी फोरम नेपाल, सप्तरी
थरुहट थारुवान संघर्ष समितिको संयोजक धनिराम राम चौधरी र नेता राज कुमार लेखीद्वारा १५ बुँदे प्रस्ताव पारित गरिएको समाचार प्रकाशन भएको सन्दर्भमा आफ्नो अभिमत राख्न चाहन्छु ।
प्रिय मित्र संयोजक र नेता ज्यू, तपाईहरुद्वारा थारु समुदायको हकहित चिताई १५ बुँदा प्रस्ताव पारित गर्नु भएको छ, ती सबै विषय वस्तुलाई २९ दलिय संघीय गठबन्धनको काठमाण्डौं केन्द्रित आन्दोलन मार्फत मधेशी आदिवासी जनजाती, थारु, मुस्लीम, पिछडावर्ग, सिल्पी समुदायले उठाई नै रहेको अवस्थामा, तर्पाहरुको उपस्थिति तथा सहभागिता आन्दोलनमा नदेखिदा अचम्म लागेको छ । नेपालका अभिजात्य वर्ग अर्थात् नशलवाद शासकहरु मधेश तराईका जनता मधेशी÷थारु (आदीवासी जनजाती) एकाकार गोलबन्द हुन नसकोस् गलत मनसायले थारु÷बजियाको नाममा पंचायतकालदेखि वर्तमानसम्म फुट डाल्दै आएको छ । थारु बजियाको बीचमा राजनैतिक रुपमा एकता भएमा, वाहुन क्षेत्रीले मधेशमा (एमाले, काँग्रेस, माओवादी, रा.प्र.पा.) राख्दै आएको राजनैतिक वर्चश्व समाप्त हुनेछ भन्ने सडयन्त्र तपाईहरुलाई पनि अवगत भएकै छ । 
विगत ०७२ श्रावण ३१ देखि सुरु भएको संयुक्त लोकतान्त्रिक मधेशी मोर्चाको आन्दोलनबाट थारु÷बजियाको विभेद हराउँदै गएकोले नै सो आन्दोलनमा थारु कल्याणकारी सभा, थरुहट थारुवान संघर्ष समितिको तर्फबाट लेखीजी तपाई स्वयंले नै पनि मेचीदेखि महाकाली सम्मको आन्दोलनमा सहभागी हुनुभयो । अर्को तर्फ मधेशी मोर्चाले तत्कालिन अवस्थामा स्वायत्त मधेश एक प्रदेशको सट्टा दुई प्रदेशको अवधारणा वमोजिम चितवनदेखि कंचनपुर सम्मको थरुहट प्रदेशको माग राखेको छ । तर, वर्तमानका २७ दलिय संघीय गठबन्धनमा तपाईका पार्टी, तपाईद्वारा संचालित थारुवान थरुहट संघर्ष समिति समावेश नभएको देखिदा कही तपाई पनि मधेश÷थरुहटका गद्दार (....) जस्तै त हुने होइन ? प्रश्न चिन्ह खडा भएको छ ।
आज संघीय गठबन्धनको आन्दोलन मार्फत मधेशी मुस्लिम, विछडावर्ग, राई, लिम्वु, मगर, गुरुङ्ग, तामाङ्ग, शेर्पा, खस, सील्पी आदी इत्यादी विभेदमा परेका समुदायले काठमाण्डौंको सडकमा थरुहट प्रदेश कायम गरको नारा घन्काउँदैछ, कोणसभामा हरेक समुदायको नेताले थरुहटका पहिचानको माग गर्दैछ । कमैयाहरुको हकहितको अवाज उठाउँदैछ । टिकापुर घटनाको झुठ्ठा मुद्दा खारेज गर, झुठा मुद्दामा थुनामा रहेका थारुहरुलाई रिहाई गरको नारा लगाउँदै छ । तर, तपाईको अप्रत्यक्ष नेतृत्वमा रहेका थारु कल्याणकारी सभाको उपस्थिती देखिदैन । २५ सौं हजारको संख्यामा काठमाण्डौंमा रहेका थारुहरुको सहभागिता देखिदैन किन ? त्यस्तै सोही विज्ञप्तीमा, तपाईको संयोजकत्वमा रहेको पार्टी (नागरिक समाजवादी पार्टी) लाई अन्य पार्टीसँग समान हैसियतमा एकीकरण गर्न सकिने खुला अडन गर्नु भएको सन्दर्भमा केही प्रश्न गर्न चाहन्छु ।
समान हैसियतमा एकीकरण गर्न सकिने मनसाय भन्नाले के बुझिन्छ, नेकपा माओवादी (केन्द्र) सग एकीकरण गर्दा प्रचण्ड, नेकपा एमालेसँग एकीकरण हुँदा केपी ओली, काँग्रेससँग गर्दा देउवा, राप्रपासँग गर्दा कमल थापा सरह तपाईलाई हैसियत दिनुपर्ने क्या भाग्यमानी हुनुहुन्छ तपाई लेखी जी ! राजनैतिक उचाई बनाउन त उपरोक्त वमोजिमकै पार्टीसँग एकीकरण हुन सकोस् मेरो शुभकामना छ । 
मित्र लेखी जी, राजनैतिक पार्टीहरुको बीचमा एकीकरण हुँदा पार्टीहरुको समान उद्देश्य हुनुपर्छ, समान राजनैतिक, समाजिक, आर्थिक, सांस्कृतिक एजेण्डा हुनुपर्छ । यहाँ त तपाईले पार्टीको उद्देश्य, लक्ष्य एजेण्डालाई गौण वनाएर राजनैतिक हैसियत मात्र खोज्नु भएको छ ।
मीत्र, अरुको हैसियत हेर्नु भन्दा पहिलो त तपाई आफ्नै पार्टीको हैसियत आंकलन गर्नुहोस् । आजको मितिसम्म कतिवटा, कुन तहको निर्वाचनमा कुन तहको कति निर्वाचित प्रतिनिधी छन् । निर्वाचनबाट कतिको संख्यामा मत प्राप्त गर्नु भएको छ ? कुन–कुन जिल्लामा तपाई पार्टीका सांगठनिक स्वरुप कति बलियो छ ? आजको मितिमा तपाईको पार्टीको कति संख्यामा, आधारभूत तथा सक्रिय सदस्यहरु छन् । तपाईको संयोजकत्वमा गठित केन्द्रित परिषदका सदस्यहरु मध्ये मैले चीनेको, राजनैतिक रुपमा मेरो सम्पर्कमा रहेका साथीहरुलाई बधाई दिने क्रममा सो साथीहरुले अनभिज्ञयता जनाउनु भएको छ र लेखी जी आफु खुसी हाम्रो नाम राख्नु भएको जवाफ पाएँको छु । सो पार्टीमा हामी छैनौं सम्मको जवाफ मैले पाएको छु । के हो ! आदि इत्यादी प्रश्नको जवाफ सार्वजनिक रुपमा दिनु हुन विश्वास लिएको छु ।
अन्तमा, पार्टी एकीकरणको सवालमा म शुभेच्छुक साथीको हैसियतले सल्लाह दिन चाहन्छु  तपाईको पार्टीको केन्द्रिय परिषद्को संरचना हेर्दा मधेश तराईमा अधारित पार्टी जस्तो छ । पार्षदहरुको अनुहार त खाटी आदिवासी जनजाती समुहका साथीहरु मात्र हुनुहुन्छ, तपाईको राजनीतिक समाजिक, सांस्कृति एजेण्डा त अहिलेको २७ दलिय संघीय गठबन्धनको एजेण्डासँग मेल खान्छ । अतः २७ दलिय संघीय गठबन्धन मध्ये कै कुनै उपयुक्त पार्टीसँग एकीकरण गरे सबभन्दा बेस् । धन्यवाद

प्रतिकृया दिनुहोस

ताजा अपडेट