News Category 2073/02/21

सद्भावना पार्टी पुर्नगठन सप्तरीबाट दुई वरिष्ठ उपाध्यक्ष, एक महासचिव र १२ जना सदस्य

दैनिक समाचारदाता

दैनिक समाचारदाता
राजविराज, २० जेठ । 
सदभावना पार्टीले राष्ट्रीय कार्य समिति पुर्नगठन गरेको छ । पार्टी अध्यक्ष राजेन्द्र महत्तोको नेतृत्वमा पार्टीको १ सय १ सदस्यीय राष्ट्रिय कार्य समिति बिहीबार पुर्नगठन गरिएको हो ।
यसैगरी कार्य समितिमा एक जना वरिष्ठ नेता, एक जना सहअध्यक्ष, तीन जना बरिष्ठ उपाध्यक्ष, दुई जना उपाध्यक्ष, दुई जना महासचिव, ६ जना सहसचिव, एक÷एक जना कोषाध्यक्ष र सहकोषाध्यक्ष, दुई जना पार्टी प्रवक्ता, तीन जना सचिव र ७८ जना पार्टी सदस्य गरी १ सय १ जनाको नयाँ कार्य समिति बनेको छ ।
जसमा वरिष्ठ नेतामा बद्री प्रसाद मंडल, सहअध्यक्षमा लक्ष्मणलाल कर्ण, वरिष्ठ उपाध्यक्षहरुमा नरसिंह चौधरी, मृगेन्द्र कुमार सिंह यादव र नवल किशोर साह रहनु भएको छ । 
त्यस्तै उपाध्यक्षद्वयमा विश्वनाथ सिंह राजवंशी र ओमप्रकाश यादव गुलजारी तथा महासचिवद्वयमा मनिष कुमार सुमन र सरोज यादवलाई चयन गरिएको छ । 
यसैगरि सहमहासचिवहरुमा राजकुमार गुप्ता, सुरेन्द्र प्रसाद कुर्मी, अर्जुन प्रसाद उप्रेती, सुरिता साह, देवेन्द्र यादव र अजय गुप्ता रहनु भएको छ । त्यस्तै कोषाध्यक्षमा अरुणकुमार सिंह र सहकोषाध्यक्षमा जानकीशरण साह रहनुभएको छ । प्रवक्तामा सन्तोष कुमार मेहता र लालकिशोर साहलाई तोकिएको छ । 
सचिवमा मिर्जा अर्शद वेग, रेशमलाल चौधरी र राजाराम पासमानलाई चयन गरिएकोछ भने ७८ जना सदस्यहरु रहेका छन् । जसमा सप्तरीबाट सिताराम मंडल, राजेन्द्र प्रसाद यादव, हरेकृष्ण प्रसाद सिंह, अमरनाथ मंडल, दीपेन्द्र चौधरी, विशेश्वर रजक, जिसमुल खाँ, सत्यनारायण यादव, सुशिल कुमार शुक्ला, दिनेश यादव, सुरेन्द्र झा र श्रीमती पुनम यादव रहनु भएको छ । 

प्रतिकृया दिनुहोस

ताजा अपडेट