News Category 2073/02/21

श्रम अवधीभन्दा बढी समय बस्दा परिवारलाई ९ लाख ५० हजार घाटा

दैनिक समाचारदाता

दैनिक समाचारदाता
राजविराज, २० जेठ । 
सप्तरी जिल्ला शम्भुनाथ नगरपालिका वडा नं. ७ बस्ने मृतक शम्भु खंगका परिवारले विमा र कल्याणकारी कोषबाट पाउने ९ लाख ५० हजार क्षतिपुर्तीबाट बञ्चित भएका छन् । 
सीपको अभावका कारण कम्पनीमा लेवरको रुपमा काम गरिरहेका खंग काम गर्ने क्रममा २०७३ बैशाख १२ गतेका दिन अनानक वेहोस भई मृत्यु भएको निज मृतकका श्रीमती लालोदेवी खंग र छोरा संतोश खंगले सूचना तथा परामर्श केन्द्रलाई जानकारी दिएका छन् ।  
नेपाल सरकारले बैदेशिक रोजगार ऐन २०६४ अनुसार हरेक नेपाली कामदारहरुले बैदेशिक रोजगारीमा जानुपुर्व विमा र कल्याणकारी कोषमा रकम तिरी गए पनि श्रम अवधीभित्र भएका घटनाहरुमा मात्र आर्थिक सहयोग गर्ने भएकोले खंग परिवार विचल्लीमा परेका छन् । 
बि.सं. २०६८ कार्तिक ११ गते श्रम स्विकृती लिई ईनर्जी ओभरसिजलाई नगद ९५ हजार तिरी बैदेशिक रोजगारीको लागि मलेशिया गएका थिए । 
मृतक खंग सूचनाको अभावका कारण श्रम अवधी भन्दा बढी बसेको कारण खंग परिवार विचल्लीमा परेको सुरक्षित बैदेशिक रोजगारसम्बन्धि सूचना तथा परामर्श केन्द्रकी परामर्शकर्ता निता चौधरीले बताउनुभयो । 
यस प्रकारका समस्याहरु जहिले पनि हुनसक्ने र अन्य परिवार पनि समस्यामा पर्न सक्ने सम्भावना भएकोले श्रम सम्झौता सकिएर विदेशमा बस्ने आप्रवासी कामदारहरु आफ्नो भिषा पत्र र मेडिकल रिपोर्ट घरपरिवारमा पठाई विमा र कल्याणकारी कोष नविकरण गर्न समेत परामर्शकर्ताले अनुरोध गरिन् । 

प्रतिकृया दिनुहोस

ताजा अपडेट