News Category 2073/02/27

पोखरी खन्ने विवादमा दुई पक्षबीच कुटाकुट, एक दर्जन घाइते

दैनिक समाचारदाता

दैनिक समाचारदाता
राजविराज, २६ जेठ ।
सप्तरीको फर्सैठ गाविसमा बुधबार पोखरी खन्ने विवादमा दुई पक्षबीच कुटाकुट हुँदा एक दर्जन बढी स्थानियहरु घाइते भएका छन् । घाइतेमध्ये दुई जनाको अवस्था गम्भीर रहेको छ ।
फर्सेठ गाविस वडा नम्बर २ स्थित निम्न माध्यमिक विद्यालय प्राङ्गणमा रहेको पोखरी पुर्ननिर्माणको काम शुरु गर्ने समयमा दुई पक्षबीच झडप भएको प्रहरीले जनाएको छ । 
एक पक्षले काम शुरु गरेपनि अर्काे पक्षले आफूहरुसँग पनि सहमति गरेर काम अगाडि बढाउनुपर्ने बताउँदा बताउँदै सोही क्रममा दुबै पक्षबीच बादविवाद बढ्दै जाँदा कुटपिट भएको प्रहरीले जनाएको छ ।
कुटपिटमा परी वडा नम्बर ४ का सरयुग यादव, राजकुमार यादव, रामाशिष यादव, धिरेन्द्र यादव, वडा नम्बर २ का रामु यादव, जगदेव मण्डल, वडा नम्बर १ का रामेश्वर यादव, शम्भु यादव, वडा नम्बर ३ का सुनिल कुमार यादव, भोला यादव, मोती यादव, मुक्ति यादव, छोटेलाल यादवसहितका घाइते भएका छन् ।
यता कुटपिटमा परी रामेश्वर यादव र सुनिल कुमार यादव गम्भीर घाइते भएका छन् । दुबै घाइतेलाई उपचारका लागि वि.पि. कोइराला स्वास्थ्य बिज्ञान प्रतिष्ठान धरान पठाइएको छ भने बाँकीको राजविराजस्थित गजेन्द्रनारायण सिंह सगरमाथा अंचल अस्पतालमा उपचार भइरहेको प्रहरीले जनाएको छ । 
सप्तरी क्षेत्र नम्बर ३ का साँसद तथा सिंचाई मन्त्रीले पोखरी पुर्ननिर्माणका लागि रु पाँच लाख उपलब्ध गराउनु भएको थियो । पाँच लाख रुपैयाँले पोखरी पुर्ननिर्माणको काम बुधबारदेखि शुरु गरिएको थियो । 

प्रतिकृया दिनुहोस

ताजा अपडेट