News Category 2073/03/04

असार ५ गतेदेखी दोश्रो मदन आश्रित राष्ट्रिय क्रिकेट प्रतियोगिता

दैनिक समाचारदाता

दैनिक समाचारदाता
राजविराज, ३ असार । 
पुर्वाञ्चलमै सबैभन्दा बढी १ लाख राशी प्रथम पुरस्कार भएको दोश्रो मदन आश्रित राष्ट्रिय क्रिकेट टी ट्वान्टी क्रिकेट प्रतियोगिता असार ५ गतेदेखी राजविराजमा हुने भएको छ । 
शुक्रबार राजविराजस्थित राजरंगशालामा आयोजित पत्रकार सम्मेलनमा सप्तरी क्रिकेट संघका सचिव आयुष श्रेष्ठले प्रतियोगितामा राष्ट्रिय खेलाडी शक्ति गौचन समेतको सहभागि टीमले प्रतिस्पर्धा गर्ने जानकारी दिनुभयो । 
युवा संघ नगर कमिटि राजविराजको आयोजनामा, सप्तरी क्रिकेट संघको समन्वय तथा जिल्ला खेलकुद विकास समिति सप्तरीको सहयोगमा आयोजना हुन लागेको सो प्रतियोगिता नकआउट आधारमा खेलिने छ । 
६ टिमको सहभागिता रहेको उक्त प्रतियोगिताका प्रथमलाई १ लाख र दोश्रो हुनेलाई ५० हजारको पुरस्कार प्रदान गरिने छ । १८ लाख खर्च हुने प्रतियोगिताका लागि १० लाख खेलकुद परिषद्ले दिने तथा ८ लाख स्थानिय स्तरबाटै संकलन गर्ने जनाइएको छ । प्रतियोगिता असार ९ गतेसम्म सञ्चालन हुनेछ ।
युवा संघ नगर कमिटका अध्यक्ष दिपक यादवको अध्यक्षतामा आयोजित पत्रकार सम्मेलनमा नेकपा एमालेका जिल्ला अध्यक्ष गोबिन्द न्यौपाने, जिल्ला खेलकुद विकास समिति सप्तरीका प्रमुख लक्ष्मण मंडल, युवा संघका पदाधिकारीहरु, खेलाडीहरु लगायतको उपस्थिति रहेको थियो । 

प्रतिकृया दिनुहोस

ताजा अपडेट