News Category 2073/03/11

एक असईसहित तीनको हत्या

दैनिक समाचारदाता

दैनिक समाचारदाता
राजविराज, १० असार । 
६ महिनाको अवधिमा सप्तरीमा एक असई, एक बालक र एक महिलाको हत्या भएको छ भने दुई महिला बलात्कृत, चार महिलामाथि बलात्कारको प्रयास, ८ बालिकाको बलात्कार, ३ बालिकामाथि बलात्कारको प्रयास भएको छ । 
मानवअधिकार तथा सामाजिक न्यायका निम्ति स्थापित अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक) सप्तरीका प्रतिनिधि मनोहर कुमार पोखरेलद्वारा शुक्रबार राजविराजमा आयोजित एक कार्यक्रममा १ सय ८३ वटा घटनाहरु घटेको तथ्याङ्क सार्वजनिक गरिएको छ । 
सार्वजनिक गरिएको घटनाहरु मध्ये बोल्न नसक्ने, सुस्त मनस्थितीकी दुई बालिका बलात्कृत भएकी छिन भने बहुविवाहको ९, बालविवाहको १, गर्भपतनको १, कथित बोक्सी आरोपको १ घटना भएको जनाएको छ । 
त्यस्तै महिलामाथि पतिसहित घरपरिवारका सदस्यहरुबाट गालीगलौज, कुटपिट, दुव्र्यवहार, घरनिकालाका १३६ घटना संकलित भए । जसमध्ये महिला तथा बालबालिका सेवा केन्द्रमा परेका ९१ मध्ये ३१ मा सहमति भएको छ भने अदालतमा घरेलु हिंसा र मानाचामलको ६ ओटा मुद्दा परेको जनाएको छ ।
जसमध्ये नाताकायमको ३४ मध्ये २२ वटामा नाताकायम भएको छ भने १२ वटा उजुरी कारवाही प्रकृयामा रहेको उहाँले जानकारी दिनुभयो । त्यस्तै सहमति उल्लघंन गर्दै पत्नीमाथि कुटपिट गरेपछि जिल्ला प्रहरी कार्यालयबाट चलेको २ वटा केही सार्वजनिक अपराध मुद्दामा दुबैजना धरौटीमा रिहा भएको जानकारी दिनुभयो । 
यसैगरी सो अवधिमा बिद्यार्थीमाथि शिक्षकले, प्रधानाध्यापकमाथि विद्यालय व्यवस्थापन समितिका अध्यक्षले र पत्रकारमाथि युवाहरुले कुटपिट गरेको घटनाहरु भएको जनाइएको छ । 

प्रतिकृया दिनुहोस

ताजा अपडेट