News Category 2073/03/13

सडक मर्मतका लागि वर्षेणी रकम छुट्याइन्छ तर, अवस्था त्यस्तै

दैनिक समाचारदाता

दैनिक समाचारदाता
राजविराज, १२ असार । 
सप्तरीको भारदह पोर्ताहादेखी डाढा हुँदै पकरी गाविस सम्म जाने ग्रामिण सडकखण्ड मर्मत सम्भारको माग गर्दै आइतबार गठित संघर्ष समितिले जिल्ला प्रशासन कार्यालय सप्तरीमा ज्ञापन बुझाएको छ । 
भारदह–पोर्ताहा, डाढा–पकरी सडक निर्माण संघर्ष समितिका संयोजक जय सुन्दर खिरहरी यादवले सप्तरीका प्रमुख जिल्ला अधिकारी बलदेव गौतमलाई सो ज्ञापन बुझाउनु भएको हो । 
सो सडकखण्ड हुँदै १५ गाविसका जनताहरु आवत जावत गरिरहँदा समेत वर्षौदेखी जिर्ण सडकको मर्मत सम्भारको कार्य ठीक ढंगले नहुँदा ती क्षेत्रका जनताहरुलाई निकै समस्या पर्दै आइरहेको ज्ञापनमा जनाइएको छ । 
यस्तै सो सडक खण्डका लागि प्रति वर्ष जिल्ला विकास समिति सप्तरीबाट केही न केही रकम मर्मत सम्भारका लागि छुट्याइए पनि ती रकमको कुनै लेखाजोखा नरहेको तथा सडकको अवस्था ज्यूकोत्यु रहेको जनाइएको छ । ज्ञापनमा सडकका लागि छुट्याइएको रकम बारे सूचना बोर्ड समेत नराखिनाले रकमको दुरुपयोग हुने गरेको जनाइएको छ । 
यस्तै ज्ञापनमा सडक मर्मतका लागि चालु आर्थिक वर्ष २०७२÷७३ मा के कति रकम कुन प्रयोजनका लागि छुट्याइएको भनी जानकारी समेत माग गरिएको छ । साथै ती क्षेत्रमा जिल्लाको एक तिहाई जनताले प्रत्यक्ष रुपमा सरोकार राखेका हुनाले उक्त सडक खण्ड पक्की सडकको रुपमा निर्माण कार्य गराउन आवश्यक पहल गर्न माग गरिएको छ ।  
मागहरुलाई वेवास्ता गर्ने प्रयास गरिए तथा सडक सम्बन्धमा कुनै प्रकारको आलटाल भएमा बाध्य भई आन्दोलनमा उत्रनु पर्ने समेत चेतावनी दिइएको छ । 
यस्तै सो सडक मर्मत सम्भारका लागि एघार सदस्यीय सडक निर्माण संघर्ष समिति समेत गठन गरिएको छ । 

प्रतिकृया दिनुहोस

ताजा अपडेट