News Category 2073/03/14

चट्याङ लागेर एक महिलाको मृत्यु, दुई महिला घाइते

दैनिक समाचारदाता

दैनिक समाचारदाता
राजविराज, १३ असार ।
सोमबार बिहान वर्षासँगै परेको चट्याङ लागि सप्तरीमा एक जनाको मृत्यु भएको छ भने दुई जना सामान्य घाइते भएका छन् । 
जिल्लाको सिम्राहसिग्यौन गाविस ९ निवासी ४५ वर्षिया रेखा कुमारी सदाको घरबाट खेतसम्म धान रोप्न जाने क्रममा वर्षासँगै परेको चट्याङ लागेर मृत्यु भएको जिल्ला प्रहरी कार्यालय सप्तरीले जनाएको छ । 
यस्तै अविरल परेको वर्षा सँगै परेको चट्याङले लागि राजविराज २ निवासी ३५ वर्षिया मदिना खातुन र सिम्राहसिग्यौन ४ निवासी २५ वर्षिया सोभा देवी सदा सामान्य घाइते भएको प्रहरीले जनाएको छ । 
उनीहरु दुबैको राजविराजस्थित गजेन्द्र नारायण सिंह सगरमाथा अंचल अस्पतालमा उपचार भइरहेको छ भने मृतकको शव पोष्टमार्टमका लागि सोही अस्पतालमा रहेको प्रहरीले जनाएको छ । 

प्रतिकृया दिनुहोस

ताजा अपडेट