News Category 2073/03/15

प्रशासन कार्यालयमै हेल्प डेस्क स्थापना गर्न सुझाव

दैनिक समाचारदाता

दैनिक समाचारदाता
राजविराज, १४ असार ।
सुरक्षित आप्रवासन सूचना तथा परामर्श केन्द्र राजविराजले मंगलबार एक अन्तरक्रिया कार्यक्रम सम्पन्न गरेको छ । 
बैदेशिक रोजगार जानु पूर्व कामदारहरुले अपनाउनु पर्ने विभिन्न सतर्कता सम्बन्धि जानकारीका लागि आयोजित सो कार्यक्रममा सहभागिहरुले बैदेशिक रोजगारी सम्बन्धि जानकारीहरु प्रवाह गर्न जिल्ला प्रशासन कार्यालयमा हेल्प डेस्क स्थापना गर्न सुझाव दिएका छन् ।
प्रशासन कार्यालयमा बैदेशिक रोजगारका लागि राहदानी बनाउन आउने व्यक्तिहरुलाई त्यस्ता जानकारीहरु सिधै दिन सकिनाले सूचना डेस्क लगायत विभिन्न स्थानहरुमा होर्डिङ बोर्ड, पोस्टर लगायत टाँसेर प्रचार प्रसार गर्न सुझाव दिइएको छ ।  
परामर्श केन्द्रका कार्यक्रम संयोजक रामप्रवेश मण्डलले जिल्लामा परामर्श केन्द्रले गरिरहेको विभिन्न गतिविधी बारे जानकारी दिनुभएको थियो । 
सो अन्तरक्रियामा विभिन्न संघसंस्थाका अध्यक्ष एवं प्रतिनिधि, सरकारी कार्यालयका कर्मचारी, संचारकर्मी, जिल्ला प्रहरी कार्यालयका प्रहरी नायव उपरिक्षक दान बहादुर कार्की लगायतको उपस्थिति रहेको थियो । 

प्रतिकृया दिनुहोस

ताजा अपडेट