News Category 2073/03/16

असोज ३ लाई मधेशीले संविधान दिवसको रुपमा मानाउन सक्दैन ः वरिष्ठ राजनीतिज्ञ मण्डल

दैनिक समाचारदाता

दैनिक समाचारदाता
राजविराज, १५ असार । 
वरिष्ठ राजनीतिज्ञ खुशीलाल मण्डलले असोज ३ गतेलाई संविधान दिवसको रुपमा मधेशी जनताले स्विकार गर्न नसक्ने बताउनु भएको छ । 
बुधबार राजविराजस्थित आफ्नै निवासमा आयोजित पत्रकार सम्मेलनमा वरिष्ठ राजनीतिज्ञ मण्डलले मधेशीहरुको व्यापक असन्तुष्टिकाबीच २०७२ असोज ३ गते जारि भएको नेपालको संविधानलाई मधेशी जनताले हालसम्म पनि स्विकार गर्न नसकेको अवस्थामा कसरी सो दिनलाई दिवसको रुपमा मनाउने बारे प्रश्न गर्नुभयो । 
उहाँले संविधान जारि भएकै दिन प्रदर्शनका क्रममा बिरगन्जमा एक मधेशी आन्दोलनकारीको प्रहरीले चलाएको गोली लागि मृत्यु भएको थियो ।
नेपालको नयाँ संविधान जारि भएको दिन असोज ३ लाई सरकारले संविधान दिवस मनाउनका लागि सार्वजनिक विदा समेत दिएको छ भने असोज ३ लाई नै मधेशी दलहरुले कालो दिवस मानेका छन् । 
सो पत्रकार सम्मेलनमा मण्डलले प्रधानमन्त्री केपी शर्मा ओलीले मुलुकमा २०७४ माघ भित्र तीनै तहका निर्वाचन सम्पन्न गराएरै छाड्ने बोलिरहेको प्रति आपत्ति प्रकट समेत गर्नुभयो । उहाँले देशमा आन्दोलन र भुकम्पका कारण आर्थिक संकट भइरहेको अवस्थामा र देश संघीय संरचनामा गएको बेला स्थानिय निर्वाचन गराएर प्रधानमन्त्रीले संघीयतालाई नै धरापमा पार्ने काम गरिरहेको आरोप लगाउनुभयो ।  
उहाँले सबैभन्दा पहिला संघीय र त्यसपछि केन्द्रिय निर्वाचन गराएर प्रदेशको अधिकार दिएपछि प्रदेशललाई नै आफ्नो संघीय संरचना अनुसार स्थानिय निर्वाचन गराउने जिम्मा दिनुपर्ने सुझाव समेत दिनुभयो ।  
सोही क्रममा उहाँले यथास्थितिमा असोज ३ लाई संविधान दिवस र त्यसपछि निर्वाचन गराउने सरकारले प्रयास गरेको खण्डमा मुलुक अबको दिनमा भयांकर द्वन्द्वमा पर्न सक्ने चेतावनी समेत दिनुभयो । 

प्रतिकृया दिनुहोस

ताजा अपडेट