News Category 2073/03/24

करेन्ट लागेर बालकको मृत्यु

दैनिक समाचारदाता

दैनिक समाचारदाता
राजविराज, २३ असार । 
सप्तरीको मलेठ गाविस ४ का एक बालकको करेन्ट लागेर बुधबार राति मृत्यु भएको छ ।
स्थानीय १५ वर्षिय बालक मनिस कुमार साह मलेठ गाविस ५ स्थित बसबिटिको खेतमा पानी पटाउन जाँदा मोटर संचालन गर्ने क्रममा अचानक करेन्ट लागेर मृत्यु भएको जिल्ला प्रहरी कार्यालय सप्तरीले जनाएको छ ।
करेन्ट लागेर गम्भिर घाईते भएको साहलाई उपचारको लागी राजविराज स्थित गजेन्द्र नारायण सिंह सगरमाथा अंचल अस्पतालमा ल्याउने क्रममा बिच बाटोमा मृत्यु भएको प्रहरीले जनाएको छ । 
यसैबिच घटनाको प्रारम्भिक अनुसंधान पश्चात थप अनुसन्धान भईरहेको प्रहरीले जनाएको छ । 

प्रतिकृया दिनुहोस

ताजा अपडेट