News Category 2070/05/29

स्थानीय प्याजले माग पुरा नसक्दा चाइनिज प्याजको माग बढ्दो

दैनिक समाचारदाता


नवीनकुमार गुप्ता
राजविराज, २८ भदौं । 
चाड पर्वको समयमा स्थानीय प्याजले बजारको माग पुरा गर्न नसक्दा अहिले सप्तरीमा चाइनिज प्याजको माग बढेको छ ।
जिल्लामा प्याजको माग बढ्दै जाँदा अहिले स्थानीय प्याजको भाउमा समेत निकै बृद्धि भएको छ । सप्तरीमा अहिले स्थानिय प्याज प्रति किलो रु. ८० रुँपैया रहेको छ भने चाइनिज प्याजको प्रति किलो रु. ६० देखी ६५रुँपैया रहेको छ । 
प्याजको माग र भाउले गर्दा चाइनिज प्याजले उल्लेख्यीय बजार लिइरहेको व्यापारीहरु बताउछन् । 
यता सप्तरीमा गएको आर्थिक बर्ष २०६९÷०७० मा प्याज उत्पादनमा उल्लेखीय बृद्धि हुँदा समेत अहिले प्याजको हाहाकार भएको छ ।
गत आर्थिक बर्ष २०६८÷०६९ मा सप्तरीमा ४ हजार ८ सय ६८ मेट्रीक टन प्याज उत्पादन हुँदा करिब रु. ७२ लाख मुल्य बराबरको कारोवार भएको कृषि विकास कार्यालय सप्तरीले जनाएको छ । 
गएको आर्थिक बर्ष २०६९÷०७० मा सप्तरीमा ५३ हजार ६ सय ५० मेट्रिक टन प्याज उत्पादन भएको छ । जसबाट करिब रु. ७५ करोड १० लाख बराबरको कारोवार भएको जिल्ला कृषि विकास कार्यालय सप्तरीले जनाएको छ । यो गत आर्थिक बर्ष २०६८÷०६९ मा करिब ४९ हजार मेट्रीक टन बढी हो । 
प्याज उत्पादनको उचित समय र प्याज खेतीको समयमा बर्षा कम भएकाले उत्पादन बृद्धि भएको जिल्ला कृषि विकास कार्यालय सप्तरीका प्रमुख अनुपलाल साहले बताउनुभयो । 

प्रतिकृया दिनुहोस

ताजा अपडेट